विदेशी डाक्टरसहित नेपाली विशेषज्ञ चिकित्सकको टोलीले सम्पन्न गरेको नि : शुल्क स्वास्थ्य शिविरबाट दुई हजार बढी लाभान्वित भएका छन् ।
पुतलीबजार नगरपालिका -१३ स्थित स्वास्थ्य चौकीमा आयोजित दुईदिने नि : शुल्क स्वास्थ्य शिविरबाट नौ सय बढी लाभान्वित भएका छन् ।
स्मृति युवा क्लब पुतलीबजार -१३ को आयोजना, १३ नं वडा कार्यालयको समन्वय र शिक्षा वातावरण र स्वास्थ्य संस्था (NEEM)को प्राविधिक सहयोगमा संचालित शिविरबाट नौ सय ३३ जनाले स्वास्थ्य लाभ लिएका हुन् ।
शिविरबाट बच्चादेखि वृद्धसम्मले स्वास्थ्य सेवा लिएको पुतलीबजार नगरपालिका -१३ का वडा सदस्य सुर्य बहादुर रोकाहाले जानकारी दिए ।
नेपाली विशेषज्ञ चिकित्सकहरुको रोहबरमा फ्रान्सबाट आएको चिकित्सक र स्वास्थ्यकर्मी टोलीको साथमा आयोजित शिविरबाट स्वास्थ्य सेवा, सुविधाको लाभ लिन पाउँदा स्थानीयहरु उत्साहित भएका छन् ।
आयोजित नि : शुल्क स्वास्थ्य शिविरमा गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. गणेशमान गुरुङले शिविरबाट स्थानीयको समय र आर्थिक बचत हुने बताउँदै यस्ता शिविर समयसमयमा आयोजना गर्नुपर्ने बताए ।
यस्तै, आँधीखोला गाउँपालिकामा समेत शिक्षा वातावरण र स्वास्थ्य संस्था (NEEM)को प्राविधिक सहयोगमा संचालित चारदिने शिविरबाट एक हजार ३ सय ४९ जनाले स्वास्थ्य लाभ लिएका छन् ।
शिविरमा सामान्य चिकित्सा (उच्च रक्तचाप, मधुमेह, ज्वरो, रुघाखोकी, ग्यास्ट्रीक आदि), दन्त रोग, नाक, कान, घाँटी, छाला रोग, नशा तथा हड्डी सम्बन्धी रोग, स्त्रीरोग, अन्य सरुवा रोहहरु, रगत पिशावको परिक्षण तथा नि : शुल्क औषधि वितरण समेत गरिएको संस्थाले जनाएको छ ।
सोही अवसरमा स्मृति युवा क्लब, पुतलीबजार -१३ द्वारा आईसीसी महिला यु-१९ टी – २० विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको नेपाली यु-१९ टोलिका सदस्य स्याङ्जाली खेलाडी ज्योत्सनिका मरासिनी, सिमाना केसी र कुसुम गोदार साथै जिल्ला क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापालाई सम्मान-पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीका थापाको समर्थन
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस