स्याङ्जा जिल्लामा सवारी दुर्घटना घट्दै गएको छ । जिल्लाभर सवारी दुर्घटना तुलनात्मक रुपमा घट्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
एघार पालिका रहेको स्याङ्जामा तीन आर्थिक वर्षको तथ्यांक अनुसार तुलनात्मक रुपमा सवारी दुर्घटना घट्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक सन्तोष पौडेलले जानकारी दिए ।
आर्थिक वर्ष २०७८/०७९ मा ट्रक, ट्याङ्कर, बस, जीप, कार, भ्यान, ट्याक्टर, टेम्पो, मोटरसाइकल लगायतका गरि २९ सवारीसाधन दुर्घटनामा परेका थिए । उक्त दुर्घटनामा परि ४० जनाले ज्यान गुमाएका थिए भने ४८ जना घाइते भएको ट्राफिक कार्यालयले जनाएको छ ।
यसैगरी, आर्थिक वर्ष २०७९/०८० मा २१ सवारीसाधन दुर्घटनामा पर्दा १२ जनाले ज्यान गुमाएका थिए भने १३ जना घाइते भएका थिए । आ.व. २०८०/०८१ मा १८ सवारीसाधन दुर्घटनामा पर्दा १२ जनाले ज्यान गुमाएका थिए भने १३ जना घाइते भएका थिए ।
राजमार्ग तथा ग्रामीण भित्री सडकखण्डमा चल्ने विविध प्रकारका सवारीसाधनहरुको तीन वर्षमा तुलनात्मक रुपमा दुर्घटना घट्दै गएको तथ्यांक कार्यालयमा रहेको स्याङ्जा ट्राफिक प्रमुख नायब निरीक्षक पौडेलले बताए ।
स्याङ्जामा कार्यालयबाट खटेर कडा चेकजाँच तथा सवारी चालक र यात्रुलाई दिइएको जनसचेतनामुलक सन्देशका कारण पनि सडक दुर्घटना कम हुँदै गएको उनको भनाइ छ ।
उनले सवारी दुर्घटना हुनुको मुख्य कारण ट्राफिक नियमको उलंघनका साथ तीव्र गतिमा सवारी चलाउने तथा लापरबाही गरेर चलाउने देखिएको बताए ।
सवारी दुर्घटनाका कारण कतिपय ट्राफिक नियमको उल्लंघन रहेका छन् भने पुराना सवारीसाधन रहेकाले पनि सवारी कै कारण दुर्घटना भएको कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार हेम बहादुर मल्लले जानकारी दिए । उनले स्याङ्जामा प्रायः ग्रामीण सडक रहेकोले घुम्ती मोड, खाल्डाखुल्डी र जिर्ण अवस्थामा रहेका सडकका कारण दुर्घटना हुने गरेको बताए ।
चालू आर्थिक वर्ष २०८१/२०८२ मा भने अहिलेसम्म ३ सवारीसाधन दुर्घटनामा पर्दा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह