स्याङ्जाको कालीगण्डकी नदीमा तीन लाख भन्दा बढी माछाका भुरा छाडिएको छ । खोला तथा नदीहरुमा प्राकृतिक रुपमा रहँदै आएका माछाहरुको सन्तुलन कायम राख्नका लागि कालीगण्डकी नदीमा माछाका भुराहरु छोडिएको हो ।
नेपालकै पहिलो तथा ठूलो जलविद्युत कालीगण्डकी ‘ए’ मत्स्य ह्याचरी सेवाले माछा मारेर आफ्नो जिविकोपार्जन गर्दै आइरहेका बोटे समुदाय र प्राकृतिक वातावरणलाई सन्तुलन कायम राख्ने उद्देश्य अनुरुप ड्यामसाईड आँधीमुहानमा माछाका भुराहरु छोडेको हो ।
स्थापना कालदेखि नै मत्स्य ह्याचरी निर्माण गरी माछाका भुराहरु उत्पादन पश्चात हरेक वर्ष कालीगण्डकी नदिका विभिन्न स्थानमा प्राधिकरणले माछाका भुरा छोड्ने गरेको छ ।
यसवर्ष शहर, ठाडे, गर्दी र ठेड गरी चार प्रकारका ३ लाख ३५ हजार ५ सय माछाका भुरा छोडिएको हो ।
विगतका वर्षहरुमा १५ देखि २० लाख माछाका भुरा उत्पादन गरी कालीगण्डकी तथा अन्य खोला नदीहरुमा पठाउँदै आएको प्राधिकरणले यसबर्ष करिब ३० लाख माछाका भुरा उत्पादन हुने लक्ष्य राखिएको कालीगण्डकी जलविद्युत केन्द्रका प्रमुख बाबुराजा महर्जनले जानकारी दिए ।
ड्याम निर्माण हुँदा माछा माथि देखि तल तथा तलबाट माथि जाने क्रम रोकिने हुँदा माछा हराउँदै जाने समस्या वृद्धि भएको तथा माछाकै भरमा आफ्नो जिविका चलाईरहेका वोटे समुदायलाई मध्यनजर गर्दै प्राकृतिक रुपमा रहेका माछाहरु कम हुनबाट जोगाउने उद्देश्यले वार्षिक रुपमै नदिमा माछाको भुरा छोड्ने गरिएको प्रधिकरणले जनाएको छ ।
सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
वालिङमा पहिलो सडक खाना महोत्सव : स्थानीय स्वाद र संस्कृतिको भव्य तयारी
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’