पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले राष्ट्रिय भलिबल टीमको कप्तान अरुणा शाहीलाई नगदसहित सम्मान गरेको छ ।
पोखरामा १७ औं हिसान कास्की स्पोर्टस मिट २०८१ औपचारिक शुभारम्भ समारोहमा हिसान कास्कीले अरुणालाई नगद २५ हजार ५ सय ५५ सहित सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले व्यक्तिगत रुपमा अरुणालाई नगद ५ हजार प्रदान गरे ।
प्रदेश प्रमुख भट्टले भने– ‘यसरी नै विद्यालय स्तरीय खेलबाट आज राष्ट्रिय भलिबल टीमको कप्तान बन्नु सानो कुरा होइन । यहाँ उपस्थित अन्य विद्यार्थीहरुलाई पनि अभिप्रेरित होस् भनी मैले व्यक्तिगत तबरले पुरस्कार प्रदान गरेको हूँ ।’
कप्तान शाहीले हिसान कास्की र प्रदेशप्रमुख प्रति आभार व्यक्त गर्दै यूवा खेलाडीहरुले शिक्षा संगै खेलकुदमा लाग्न आग्रह गरिन् । उनले सक्षम खेलाडी उत्पादनका लागि हिसान स्पोर्टस मिट जस्ता कार्यक्रमहरु सहयोगी हुने बताउँदै मेहनतले सफलता प्राप्त गर्न सकिने बताइन् ।
हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हिसानका केन्द्रिय अध्यक्ष रमेश कुमार सिलवाल, हिसान कास्कीका निवर्तमान अध्यक्ष एवं १७ औं हिसान स्पोर्टस मिटका संयोजक याम बहादुर रोक्का लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो