पोखरा । बागलुङ समाज पोखराले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन भएको छ ।
प्रादेशिक रक्तसञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोगमा शुक्रबार बिहान आयोजित रक्तदान कार्यक्रमको पोखरा महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष रुद्रनाथ बरालले पहिलो रक्तदाता टिकेन्द्र खड्का र समाजका अध्यक्ष ठाकुरप्रसाद सापकोटालाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए । पोखरा–८, सिर्जनाचोकमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष बरालले रक्तदान गर्नु सबैभन्दा ठूलो पुण्य कार्य भएको उल्लेख गरे । रक्तदान गर्नु भनेको दानहरूमा पनि उत्कृष्ट दान भएको बताउँदै रक्तदानले अरुको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा समाजका पूर्व अध्यक्षहरू प्रा.डा. रवीन्द्रप्रसाद श्रेष्ठ, डा. भानु कँडेल, कुलचन्द्र शर्मा, बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष जयराम आचार्य, प्रादेशिक रक्तसञ्चार केन्द्र, पोखराका प्राविधिक महेन्द्र केसीलगायतले रक्तदानको महत्वबारे बोलेका थिए ।
समाजका अध्यक्ष ठाकुरप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गंगाबहादुर पुन र उपाध्यक्ष एवं कार्यक्रम संयोजक नरेश सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । समाजका अध्यक्ष सापकोटाले रक्तदान कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । बागलुङ समाज पोखराले हरेक वर्ष खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ