पोखरामा शुक्रबार बेलुकी ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
पोखरा २५, याम्दीमा बेलुकी ७ बजेतिर भएको दुर्घटनामा रुकुम पश्चिम घर भई पोखरा याम्दी बस्दै आएकी ५५ वर्षीया धनकुमारी बुढाको मृत्यु भएको हो ।
घान्द्रुकबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १४६० नम्बरको आइचर ट्रकले ठक्कर दिँदा गम्भिर घाइते भएकी बुढाको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा राति ७ः५५ बजेतिर मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
घाइते बुढाको टाउकोमा गम्भिर चोट लागेको थियो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनकुमारी जेब्रा क्रसिङबाटै बाटो काटेको तर दौडिएर सडक पार गरेको सीसी फुटेजमा देखिन्छ । धनकुमारी श्रीमानसँगै सडक पार गर्न लागेको समयमा उनी भने अगाडि बढेको देखिन्छ ।
ट्रक जेब्रा क्रसिङमा समेत तीव्र गतिमा गुडेको भिडियोमा देखिन्छ । मृतक चर्चित सामाजिक अभियन्ता गिभिना मगरकी आमा हुन् ।
उक्त सवारी साधन र सवारी चालक पाँचथर फाल्गुनन्द गापा वडा नं. ३ स्थायी वतन भई हाल पोखरा वडा नं. १ बगर बस्ने वर्ष ४५ को पृथ्वीप्रसाद तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो