अलकापुरको रक्तदानमा ४८ युनिट संकलन

अलकापुरको रक्तदानमा ४८ युनिट संकलन

news photo

पोखरा । अलकापुर आमा समुह र नेपाल रेडक्रस सोसाइटी उपशाखा १५ को संयुक्त आयोजनामा शनिबार पोखरा–१५, अलकापुर, नयाँगाउँ स्थित शुक्लेश्वर महादेव मन्दिर प्राङ्गण भएको खुल्ला रक्तदान कार्यक्रममा २२ महिला तथा २६ पुरुष गरी ४८ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा वडा नं. १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँ र नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति दण्डराज शर्माले पहिलो रक्तदातासुर्यराज पराजुलीलाई व्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गर्दै रक्तदान जिवन दान भन्ने उद्धघोषलाई रक्तदान कार्यक्रम आयोजना गरेर साकार पार्ने कार्य गर्ने संस्थाहरुलाई आभार व्यक्त गर्दै सबैलाई यस प्रकारको पुण्यकार्यमा सहभागिहुन आग्रह गरेका थिए ।

पोखरा १५ निवर्तमान वडाअध्यक्ष प्रकाश पौडेल, जिल्ला सदस्य तथा उपशाखा पोखरा १५का समन्वयकर्तासुवास अधिकारी, जिल्ला सदस्य पार्वती कार्की,निवर्तमान सभापति कमलप्रसाद पौडेल, अलकापुर टोलविकास संस्थाका अध्यक्ष वेलबहादुर विश्वकर्मा, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाटले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी पोखरा १५ उपशाखाका सभापति शिवबहादुर भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यक्रम संयोजक अलकापुर आमा समुहकी अध्यक्ष गिता शर्माले स्वागत र संचालन अलकापुर आमा समुहकी सचिव सुनिता शर्मा कँडेलले गरेकी थिइन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ