पोखराको अटोवेज प्रालि, नयाँबजारबाट चिनियाँ अटोमोबाइल नयाँ ब्रान्ड एक्सपेङ जी–सिक्सको विक्री सुरू भएको छ ।
नेपाली विद्युतीय सवारी साधनको वितरक सीजी मोटर्सले अटोवेजलाई पोखरा क्षेत्रका लागि आधिकारिक डिलरको रूपमा औपचारिक घोषणा गर्दै यहाँका लागि यस गाडी लञ्च पनि गरेको छ ।
पोखराका मेयर धनराज आचार्य, सीजी मोटर्सका सीईओ/निर्देशक हेमन्त अग्रवाल, अटोवेज प्रालिका अध्यक्ष नारायणप्रसाद पौडेललगायतले सोमबार साँझ होटल पोखरा ग्राण्डमा एक समारोहका बीच एक्सपेङ जी–सिक्स लञ्च गरेका हुन् ।

यससँगै नेपालमा एक्सपेङको उपस्थिती थप विस्तार गरेको छ । जसले स्थानीय ग्राहकलाई अत्याधुनिक, वातावरणमैत्री सवारीसाधन र भरपर्दो सेवा प्रदान गरिरहेको छ ।
अटोवेजका अध्यक्ष पौडेलले मिडियालाई एक्सपेङ ब्रान्डको बारेमा जानकारी दिए । उनले सीजी मोटर्सका उपलब्धि र अटोवेजसँगको सहकार्यको चर्चा गर्नुका साथै भविष्यका योजनाहरू प्रस्तुत गरेका छन् ।
उद्घाटनका क्रममा अटोवेज प्रालिले पहिलो चरणका ग्राहकलाई ५ वटा जी सिक्स एसयुभी पनि हस्तान्तरण गरेको छ ।

यस लञ्च कार्यक्रममा एक्सपेङको नयाँ जी सिक्स मोडल प्रस्तुत गरियो । जसले स्मार्ट प्रविधि र दिगो डिजाइनमा जोड दिएको छ ।
एक्सपेङको नेपाल आउने पहिलो मोडल ‘जी-सिक्स’ हो । कम्पनीले आफ्नो लाइनअपमा रहेका एसयूभी मध्ये सबैभन्दा पहिला जी-सिक्सलाई राइट ह्याण्ड ड्राइभमा ल्याएको हो ।
एक्सपेङले वेलायतमा पहिलो राइटह्याण्ड ड्राइभ मोडल जी-सिक्सको टेष्ट गरिसकेको छ । टेस्लाको मोडल बाईसँग प्रतिस्पर्धा गर्ने एक्सपेङको जी-सिक्समा ६६ किलोवाट आवर र ८७.५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक दिइएको छ । कम्पनीका अनुसार जी-सिक्सको रेन्ज ५८० र ७५५ किलोमिटर रहेको छ ।

‘एसइपीए २.० इलेक्ट्रीक प्लेटफर्म’मा बनेको जी-सिक्स ८०० भोल्ट इलेक्ट्रीक आर्किटेक्चरमा बनेको हो । यसले ४८० किलोवाटसम्मको डिसी फास्टचार्जर सपोर्ट गर्छ ।
यसमा रहेको एक्सएनजीपी इन्टेलीजेन्ट असिस्ट ड्राइभिङ सिस्टममा ३१ वटा फरक सेन्सर, लाइडार, मिलीमिटर वेभ रडार, अल्ट्रासोनीक सेन्सर, क्यामरा, ड्युल ओरिन एक्स माइक्रोचीपको प्रयोग गरिएको छ ।
एसयूभीको लम्बाई ४७५३ एमएम, चौडाई १९२० एमएम र उचाई १६५० एमएम छ । यसमा २८९० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । ह्वील पनि १८ र २० इन्चको अप्सन दिइएको छ । एरोडाइनामीक्सलाई ध्यानमा राखेर निर्माण भएको जी–सिक्सको ड्रयाग कोफिसीयन्ट ०.२४८ सीडी रहेको छ ।
बडिस्ट्रक्चरको फ्रन्ट र रियरमा आल्मुनीयम कास्ट इलीमेन्टस्को प्रयोग भएकाले यो ईभी ८३ प्रतिशत बढि रिजीडीटी पाउन सकिन्छ । यसको क्यावीन क्लीन डिजाइनको छ ।

टुइन स्पोक ओभल सेपको स्टेरिङ ह्वील, १०.२ इन्चको इन्ट्रुमेन्ट क्लस्टर र १५ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले एक्सपेङ एक्समार्ट ४.० अपरेटिङ सिस्टम र हिटपम्प वेस्डको एयर कन्डिसन सिस्टम छन् ।
कम्पनीले जी-सिक्समा २१८ किलोवाटका सिङ्गल मोटर रियर ह्वील ड्राइभ र ३५८ किलोवाटको ड्यूल मोटर अलह्वील ड्राइभ सिस्टम दिएको छ । यसको अधिकतम टर्क ६६० न्यूटन मिटरसम्म छ ।
सीजी मोटर्सले हालसालै ग्राहक सेवालाई थप प्राथमिकता दिँदै बागडोल काठमाडौंमा आफ्नो अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ ।
साथै सीजी मोटर्सले २४/७ सडक सहायताका लागि हटलाइन नम्बर +९७७ ९७०७०९४२०७ मार्फत प्रदान गरिने सीजी केयर्स सेवा पनि प्रस्तुत गरेको छ ।
पोखराका ग्राहकले पनि यो सीजी केयर सुविधाबाट लाभ लिन सक्नेछन् । सीजी मोटर्सले ग्राहकलाई विशेष सेवा कुशलतापूर्वक प्रदान गर्दै आइरहेको छ ।

जेनेसिस, ल्याम्वर्गिनी, फरारी, अडी र सियटका लागि कार डिजाइनको २४ वर्षको अनुभव बटुलेका चर्चित डिजाइनर जुआनमा लोपेजले यस कारको डिजाइन गरेका हुन् । जसले एक्सपेङका डिजाइनहरूलाई जीवन्त बनाएको छ ।
एक्सपेङको जी ६ भेरियन्टको मूल्य ८४ लाख ९९ हजार तोकिएको छ । एक हप्ताभित्र बुकिङ गर्नेका लागि २ लाख छुटको व्यवस्था गरिएको छ । यसका लागि अटोवेज प्रालि नयाँबजार, पोखरामा सम्पर्क गर्नुपर्ने हुन्छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)