अर्जुनचौपारी गाउँपालिकाले लैङ्गिक हिंसा विरूद्ध सचेतना जगाउने उद्देश्यका साथ आयोजना गरेको खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
‘लैङ्गिक हिंसा निवारणमा नागरिकको भूमिका’ भन्ने शिर्षकमा भएको खुल्ला प्रतियोगितामा १२ जना प्रतिस्पर्धीलाई पछाडी पार्दै दीपिका अर्याल प्रथम भएकी हुन् ।
प्रतियोगितामा दोस्रो स्थान सुलता थापा मगर र तृतीय स्थान प्रविन विकले हात पारेका थिए भने नन्दकली तिवारीले सान्त्वना स्थान प्राप्त गरेकी थिइन् ।
अर्जुनचौपारी गाउँपालिकामा पनि महिला हिंसा केही हदसम्म कायम नै रहेको बताउँदै पालिका अध्यक्ष प्रकाश तिवारीले यस्ता घटना निस्तेज गर्न सरोकारवाला सबै मिलेर लाग्नुपर्ने बताए ।
कार्यक्रममा अध्यक्ष तिवारीले यस अभियानमा आमा समूह तथा स्वयंसेविका सबैको साथ चाहिने बताए ।
पालिका उपाध्यक्ष सपना गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डे, प्रवक्ता एवं वडा नम्बर दुईका वडाध्यक्ष धन बहादुर गुरुङ, कार्यपालिका सदस्य ज्योती केसी ढकाल लगायतले लैङ्गिक हिंसा न्यूनीकरण गर्न सचेतना र महिला सशक्तीकरणमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा विभिन्न आमा समूहका प्रतिनिधि, महिला स्वयंसेविका तथा विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा