नेपाल अधिराज्यभर बसोबास गर्ने गर्ग गोत्रका सिंह रोकाहा क्षेत्रीहरुको ऎतिहासिक पूजा सम्पन्न भएको छ । उक्त पूजामा अर्जुनचौपारी गाउँपालिकाले नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।
पुतलीबजार नगरपालिका -१३ कुमालटारीमा रोकाहा बन्धुहरुको निशान तथा कुल पूजामा उपस्थित सर्वसाधारण तथा भक्तजनहरुको स्वास्थ्य समेतलाई ख्याल राख्दै अर्जुनचौपारीले नि:शुल्क स्वास्थ्य सहायता कक्षा संचालन गरि स्वास्थ्य जाँच, औषधि उपचारको व्यवस्था गरेको थियो ।
पूजा अवधिभर गाउँपालिकाले पिउनको लागि नि:शुल्क पानीको समेत व्यवस्था गरेको थियो ।
मङ्सिर २१ गते निशान पूजा र २२ गते कुल पूजा गरि दुई दिनसम्म गरिएको पूजामा देशभरका हजारौं रोकाहाबन्धुहरु र भक्तजनहरु उपस्थित रहेका थिए ।
विशेषगरी रोकाहा निशानलाई भाकल गर्ने र भाकल पूरा भएपश्चात निशान पूजाको दिन बोकाहरुको बलि चढाउने परम्परा रहेको छ ।
हरेक ५-५ वर्षमा देशभरका रोकाहाहरुको निशान तथा कुलपूजा यहि स्थानमा हुँदै आएको छ ।
यस्तै, अर्जुनचौपारी गाउँपालिका -१ सिमलचौरमा मङ्सिर २१ र २२ गते भएको आत्रीय गोत्रका बगाले थापाहरुको निशान तथा कुलपूजामा पनि गाउँपालिकाले नि:शुल्क स्वास्थ्य सहायता कक्षा संचालन गरि स्वास्थ्य जाँच, औषधि उपचारको व्यवस्था गरेको थियो ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा