पोखरा । पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा निर्माण भएको शिवालाय मन्दिरको शनिबार उद्याटन गरिएको छ । यही मंसिर १७ गतेदेखी जारी ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ अन्र्तगत सोही स्थानमा निर्माण सम्पन्न भएको मन्दिरको उद्याटन गरिएको हो ।
यज्ञका प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले मन्दिरको उद्याटन गरेका हुन् । ६ महिना पहिला मन्दिरको शिलान्यास गरिएको थियो ।
यस्तै आजै शवदहन स्थल (सेती नदी) जाने बाटो (सिँढी)को पनि शिलान्यस गरिएको छ । पट्नेरीबाट सेती नदीसम्म जानका लागि गोरेटो बाटो भए पनि व्यवस्थित नहुदाँ शवदहनको लागि आवतजावत गर्न असहज हुने गरेको छ । बाटोको ज्येष्ठ नागरिक सिता ढकाल, पार्वती ढकाल र शुसिला थापाले संयुक्त रुपमा शिलान्यास गरे । नदीसम्म पुग्नका लागि एक सय आठ सिँढी निर्माण हुने यज्ञ आयोजक समितिका संयोजक नारायण भण्डारीले जानकारी दिए ।
आज उद्याटन भएको शिव मन्दिर प्रवेश गर्ने मुलद्धार निर्माणको जिम्मा पुष्कल ढकालले लिएका छन् । ढकालले मुलद्धारको आजै शिलान्यास गरेका छन् ।
महतगौंडा र टुटङ्ग्यालाई जोड्ने प्राचीन प्राकृतिक पुल ढुङ्गेसाँघुको तल हहिहर भगवानले तपस्या गरेको गुफा जानका लागि पट्नेरीबाट सिँढीसहितको बाटो निर्माणका लागि शुक्रबार शिलान्यास गरिएको थियो । यस्तै सोही स्थानमा प्रेम मन्दिरको पनि शिलान्यास गरिएको अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष मदन गिरीले जानकारी दिए ।
यस स्थानमा विगतमा पनि साधुसन्त महन्त सिद्धपुरुषहरुले कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि धाम निर्माण गर्ने उद्धेश्यका साथ कोटीहोम आयोजना गरिएको हो । अबको पाचँ वर्षमा धाम विश्वको आकर्षक गन्तब्य बन्ने संकल्पकर्ता ढकालले जानकारी दिए ।
प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले धार्मिक पर्यटकीय केन्द्र बनाउन सबै पोखरेलीको साथ र सहयोगको आवश्यक रहेको बताउदै यज्ञ स्थलमा आएर हौसला बढाइदिन आग्रह गरेका छन् ।
यज्ञमा ठुलो संख्यामा भक्तजनहरुको उपस्थितिमा दैनिक संगितमय कथा प्रवचन भइरहेको छ ।
मंसिर २७ गतेसम्म कोटिहोम संचालन हुनेछ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु