पोखरा । शुक्ला साहित्य प्रतिष्ठान, पोखराले पत्रकार सहित सहयोगीलाई सम्मान गरेको छ ।
प्रतिष्ठानले आयोजना गरेको समिक्षा तथा रचना वाचन कार्यक्रममा प्रतिष्ठानको उन्नयन र विकासमा योगदान पुर्याएकोमा पत्रकार शिशिर पौडेल, सराङ्गकोट साप्ताहिकका सम्पादक यदुनाथ बञ्जरा, परिवर्तन न्युजका सम्पादक प्रकाश अधिकारी, प्रमुख खबर डट कमका सह सम्पादक संजय थापा र रेडियो अकलाका स्टेशन म्यानेजर विराज शर्मा सहित पुर्व अध्यक्ष कुल बहादुर खत्री र मानार्थ सदस्य मदन बहादुर खत्री क्षत्रीलाई सम्मान गरेको हो । उनीहरुलाई प्रतिष्ठानका अध्यक्ष हरिबहादुर बरुवाल, संरक्षक प्राध्यापक कुञ्जराज थापा र साहित्यकार नरहरि भट्टराईले सम्मान गरे । कार्यक्रममा प्रतिष्ठानले गत वर्ष आयोजना गरेको २४ औं संस्करणको राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको आय व्यय समेत सार्वजनिक गर्यो । उक्त प्रतियोगितावाट ६ लाख बढी रकम वचत भएको सचिव दिपेन्द्र बाँनियाले जानकारी दिए।
प्रतिष्ठानका अध्यक्ष हरिबहादुर बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा संरक्षक प्राध्यापक कुञ्जराज थापा, सल्लाहकार शिव त्रिपाठी, पोखरा १९ का वडा सदस्य विकासकुमार आचार्य, पत्रकार महासंघ गण्डकीका सचिव यदुनाथ बञ्जरा लगायतले नेपाली भाषा, साहित्य र कलाको उत्थानमा प्रतिष्ठानले पुर्याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा संरक्षक प्राध्यापक कुञ्जराज थापा, सल्लाहकार शिव त्रिपाठी, पूर्व अध्यक्ष नेत्र बहादुर बाँनिया, कुल बहादुर खत्री, सुमन पौडेल, बरिष्ठ उपाध्यक्ष दुर्गादेवी गौतम बस्नेत,कवि रामप्रसाद घर्मेली, सचिव दिपेन्द्र बाँनिया, मोहन सुनार लगायतले रचना वाचन समेत गरेका थिए।
वरिष्ठ उपाध्यक्ष दुर्गादेवी गौतम बस्नेतले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सचिव दिपेन्द्र बाँनियाले गरेका थिए।
सम्बन्धित खबर
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो