पोखरा । इनर व्हिल क्लव अफ पोखराको आयोजना तथा नेपाल परिवार नियोजन संघ कास्की शाखाको प्राविधिक सहयोगमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
मादी गाउँपालिका वडा नं ६ तप्राङ्मा आयोजित यौनजन्य संक्रमणको परामर्श तथा परिक्षण र पाठेघरको मुखको क्यान्सर परिक्षण शिविरबाट झण्डै एक सय जना लाभान्वित भएका छन् । कार्यक्रमका लागि अमेरिका निवासी देवीरमण सापकोटाले सहयोग गरेका थिए ।
शिविरमा स्त्री रोग विशेषज्ञ डा चुम माया पुनले सहजिकरण गरेकी थिइन् ।
शिविर उद्घाटन गर्दै मादी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष दिल बहादुर क्षेत्रीले सामाजिक संघ संस्थासँग समन्वय गरी अघि बढ्न तयार रहेको उल्लेख गरे ।
त्यसअवसरमा नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देल र पोखरा महानगपालिका वडा नं १३ की वडा सदस्य रजनी परियारले सरकार र संघसंस्था मिलेर काम गर्दा उपलब्धि हुने उल्ल्ेख गरे ।
इनर व्हिल क्लव अफ पोखराका अध्यक्ष रेष्मा बैद्यको अध्यक्षतामा भएको कार्यक्रममा क्लवको संस्थापक अध्यक्ष सोनु सिग्देल, तप्राङ् स्वास्थ्य चौकी इञ्चार्ज शोभाकान्त पौडेल र महारुद्र्र माविका प्रधानाध्यापक डिल्लीराम देवकोटाले बोलेका थिए ।
सम्बन्धित खबर
पोखरामा आजदेखि दाइँ महोत्सव
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
टिप्पर दुर्घटनामा एकको मृत्यु, चार घाइते
आगलागीबाट हजारौंको क्षति
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर