न्याश्नल इन्भेन्टिभ स्कूल छात्रा भलिबलतर्फ च्याम्पियन

प्याब्सन स्पोर्टस् मिट

न्याश्नल इन्भेन्टिभ स्कूल छात्रा भलिबलतर्फ च्याम्पियन

national inventive

प्याब्सन कास्कीले आयोजना गरेको स्पोर्टस् मिटमा लेकसाइड स्थित न्याश्नल इन्भेन्टिभ स्कूलले छात्रा भलिबलतर्फ प्रथम स्थान हासिल गरेको छ ।

सेमीफाइनलमा टप्सलाई हराएको न्याश्नल इन्भेन्टिभ स्कूलले फाइनलमा न्यू मिलिनियमलाई पराजित गरेको थियो ।

मंसिर १९ गते बाट सुरु भएको १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ आज गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

स्पोर्टस् मिटमा कक्षा १ देखि १० सम्मका विद्यार्थीबीच छात्रछात्रा सिनियर फुटबल, छात्र जुनियर फुटबल, छात्रछात्रा भलिबल, छात्रछात्रा ह्याण्डबल, छात्रछात्रा टेबलटेनिस र एथलेटिक्सका खेल भएको थियो । ५५ सय जना विद्यार्थीले विभिन्न इभेन्टमा भाग लिएका थिए ।

कक्षा ११ र १२ का विद्यार्थीबीच छात्रछात्रा भलिबल, छात्रछात्रा बास्केटबल, छात्रछात्रा एथलेटिक्सका खेल भएको थियो । संस्थामा ९९ विद्यालय सदस्य छन् । प्याब्सन कास्कीअन्तर्गत ७५ हजार विद्यार्थी अध्ययनरत् छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ