अर्जुनचौपारीको दरौंखोलामा ८० हजार माछाका भुरा छाडिएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्षमा पनि अर्जुनचौपारी गाउँपालिकाले विभिन्न जातका माछाका भुरा छाडेको हो ।
नेपालकै पहिलो तथा ठूलो जलविद्युत कालीगण्डकी ‘ए’ मत्स्य ह्याचरी सेवा, बेलटारी स्याङ्जाको सहयोगमा पालिकाले दरौंखोला, केवरेखोला र दिर्जेखोलामा गरि ठेड, गर्जी र हाडे जातका माछाका भुरा छाडेको हो ।
पालिका अध्यक्ष प्रकाश तिवारीले माछा पालनबाट आर्थिक आर्जनमा जोड्ने पालिकाको नीति तथा कार्यक्रम अनुसार प्रत्येक वर्ष खोलामा माछा भुरा छाड्दै आएको बताए । विभिन्न प्रजातिका माछाका भुराहरु हरेक वर्ष छोडिने र खोलालाई पालिकाको आर्जनका माध्यम बनाउने जानकारी दिए ।
तिवारीले धेरै ठाउँमा खोलालाई माछामार्फत आय आर्जनमा जोडिएको र विज्ञसङ्गको छलफल गरेर खोलामा माछाका भुरा हालेको बताए । खोलाको चार किलोमिटर क्षेत्रमा ६ ठाउँमा भुरस हालेको पालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले खोलामा माछाका भुरा हालेसङ्गै पालिकाले कुनै पनि तवरले खोलाका माछा मार्ने कार्य निषेध गरिएको जानकारी दिए ।
परम्परागत रुपले माछा मारी जीविकोपार्जन गरिरहेका समुदाय तथा व्यक्तिहरुले समेत माछा मार्न नपाउने र दैनिक जीविकोपार्जनमा कठिनाई उत्पन्न हुने अवस्थामा राहत उपलब्ध गराउने पालिकाले जनाएको छ ।
पालिकाले जिल्ला प्रशासन कार्यालय, भीरकोट नगरपालिकाको कार्यालय र अर्जुनचौपारी प्रहरी चौकीलाई समेत माछा मार्न निषेध गरिएको विषयमा जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह गरेको छ ।
पालिकाको आग्रह र निर्देशन विपरीत माछा मारेको भेटिएमा वा खबर पाइएमा कानुनबमोजिम कारबाही गरिने पालिकाले जनाएको छ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ