पोखरा । १३औं संस्करणको पोखरा महोत्सवको सह–प्रायोजकमा साकुरा डिजाइनर एण्ड विल्डर्स प्रालि रहने भएको छ ।
आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३औं संस्करणको पोखरा महोत्सवलाई साकुरा डिजाइनर एण्ड विल्डर्स प्रा.लि.ले महोत्सवको सह प्रायोजकको रुपमा रहेर सहयोग गर्ने भएको छ । साकुरा डिजाइनर एण्ड विल्डर्स प्रा.लि. ले पोखरामा रहेर घर, भवन, सडक, पुलहरु निर्माण सँगै नक्सा डिजाइन सम्बन्धी काम गर्दै आइरहेका छ ।
साकुरा डिजाइनर एण्ड विल्डर्स प्रा.लि.का प्रोपाइटर रिम बहादुर क्षेत्री र पोखरा महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा बीच पोखरा महोत्सवमा सहकार्य गर्ने गरी सहमति पत्रमा हस्ताक्षर भएको छ ।
सो अवसरमा बोल्दै साकुरा डिजाइनर एण्ड विल्डर्स प्रा.लि.का प्रोपाइटर रिम बहादुर क्षेत्रीले पोखरा महोत्सवलाई आफुले नजिकबाट नियाल्दै आइरहेको र यसअघिका संस्करणहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेकोमा यसपटक प्रत्यक्ष रुपमा सहकार्य गर्न पाउदा खुसी लागेको बताए । पोखरा महोत्सवको आयोजना गरी युनाईटेड क्लबले सामाजिक कामलाई निरन्तरता दिएको र त्यसमा आफु समेत सहभागी हुन पाउदा निकै गर्व लागेको उनको भनाइ रहेको थियो ।
त्यसैगरी युनाईटेड क्लबले निर्माण गर्न लागेको युनाईटेड छात्राबास निर्माणको लागि समेत आफ्नो कम्पनीबाट सक्दो सहयोग रहेने उनको भनाइ रहेको थियो । सो अवसरमा वोल्दै युनाईटेड क्लबका अध्यक्ष लोक बहादुुर थापाले विगतका संस्करणहरुमा समेत सहकार्य गर्दै आइरहेको साकुरा डिजाइनर एण्ड विल्डर्सले १३ औं संस्करणको महोत्सवमा सह प्रायोजकमा रही साथ दिंदै युनाईटेड क्लबको परियोजना युनाईटेड छात्राबास निर्माणमा समेत सहयोगमा प्रतिवद्धता जनाएकोमा साकुरा विल्डर्स संगको सहकार्य निरन्तर रहने बताए ।
सो अवसरमा युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, प्रथम उपाध्यक्ष सूर्य बहादुर बानियाँ, क्लवका कार्यसमिति सदस्य पूर्ण कुमार श्रेष्ठ, क्लबका सल्लाहकार रमेश बहादुर कार्की लगायतको उपस्थिती रहेको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन