‘पुष्प २’ अभिनेता अल्लु अर्जुन शनिबार बिहान हैदराबादको चञ्चलगुडा केन्द्रीय कारागारबाट रिहा भएका छन् ।
उनका बुबा अल्लु अरविन्द र ससुरा कंचर्ला चन्द्रशेखर रेड्डी उनलाई लिन जेल पुगेका थिए । अल्लु करिब १८ घण्टा हिरासतमा रहे । रिलिजपछि अल्लु गीता आर्ट्स प्रोडक्सन हाउस पुगे ।
यसपछि अल्लु करिब शनिबार बिहान ९ बजे हैदराबादस्थित आफ्नो घर पुगे । आमालाई अँगालो हालेर घरभित्र पसे । परिवारका सदस्यसँग भेट गरे । त्यसपछि उनले मिडियासँग कुरा गरे । अल्लुलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको थियो । उनीमाथि गत डिसेम्बर ४ मा हैदरावादमा भएको ‘पुष्प २’को प्रिमियरका क्रममा बिना जानकारी सन्ध्या थिएटरमा पुगेको आरोप छ । जसका कारण त्यहाँ भीड जम्मा भयो र भागदौड मच्चियो । एक महिलाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।
पक्राउपछि उनलाई ४ बजे स्थानीय अदालतमा पेस गरिएको थियो, जहाँबाट उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको थियो । अल्लुले तेलंगाना उच्च अदालतमा अन्तरिम जमानतका लागि अपिल गरेका थिए । साँझ ५ बजे उनलाई ५० हजार भारुको व्यक्तिगत धरौटीमा अन्तरिम जमानत दिइएको हो ।
सम्बन्धित खबर
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने कि नदिने ? सर्वोच्चमा यस वर्ष दोस्रोपटक मुद्दा
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ