स्याङ्जाको भीरकोट नगरपालिका वडा नं. ६ उजेलीडाँडा स्थित श्री भाग्योदय माध्यामिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुले भूपू विद्यार्थी मञ्च गठन गरेका छन् ।
शनिबार विद्यालय प्राङ्गणमा भेला भएका पूर्व विद्यार्थीहरुको समूहले ढाकाराम खनालको अध्यक्षतामा भूपू विद्यार्थी मञ्च तदर्थ समिति गठन गरेको हो ।
तदर्थ समितिको उपाध्यक्षमा उज्ज्वल रेग्मी, सचिवमा विदुर कोईराला, सहसचिवमा जगदीश अर्याल, कोषाध्यक्षमा भोजबहादुर थापा साथै सदस्यहरुमा नारायण प्रसाद कोईराला, विनोद अधिकारी, कौशिला रोकाहा, रिवन घिमिरे, सरोज अधिकारी, सरला वि.क., उमेश अर्याल र सुवास रेग्मी रहेका छन् ।
समितिमा दुई जना सदस्य पछि थप गरिने निर्णय गरिएको समितिका सदस्य नारायण प्रसाद कोईरालाले जानकारी दिए । समितिले मञ्चको विधान तीन महिनाभित्र तयार गर्ने र समितिको प्रथम अधिवेशन गर्ने तयारीमा लाग्ने समितिका सदस्य कोईरालाले बताए ।
विद्यालय र पूर्वविद्यार्थीहरूबीचको सम्बन्धलाई अझ गाढा बनाउँदै विद्यालयको शैक्षिक र भौतिक उन्नयनको लागि तथा विद्यालयलाई गुणस्तरीय र नमुना बनाउन ठोस कदम चाल्दै सबै खाले प्रगतिमा हातेमालो गर्न मञ्चको गठन गरिएको अध्यक्ष ढाकाराम खनालले बताए ।
विद्यालय व्यवस्थापन समिति र पूर्व विद्यार्थी लक्ष्मण अधिकारीको सक्रियतामा आयोजित पूर्व विद्यार्थीहरुको पुनर्मिलन कार्यक्रममा व्यवस्थापन समितिका सदस्य विश्वनाथ अर्यालको अध्यक्षता, समितिका अध्यक्ष छायाराम खनालको प्रमुख आतिथ्यता रहेको थियो भने विद्यालयका विद्यार्थीहरु, शिक्षकहरू र अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।
वि.सं. २०३३ सालमा स्थापना भएको विद्यालयमा हाल करिब पाँच सय विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्