जिल्ला प्रशासन कार्यालय स्याङ्जामा आएर नागरिकता बनाउन नसकेकालाई घरमै पुगेर नागरिकता वितरण गरिएको छ । हिँड्डुल गर्न नसक्ने अवस्थामा रहेका प्रितम गुरुङलाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र दिइएको हो ।
स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको समन्वयमा पुतलीबजार नगरपालिका वडा नम्बर १२ का गुरुङलाई घरमै गएर नागरिकताको प्रमाणपत्र दिइएको हो । वडा नम्बर १२ का खिल प्रसाद गुरुङ र डम्बर कुमारी गुरुङका १६ वर्षीय छोरा प्रितम गुरुङलाई ४२-०१-८१-०२९२३ नम्बरको नागरिकताको प्रमाणपत्र घरमै गएर प्रदान गरिएको हो ।
दुई वर्ष अगाडि गुरुङ रुखबाट लडेर घाइते भएका थिए । उनको ढाडभन्दा तलको भाग चल्दैन । नागरिकता बनाउन कार्यालयसम्म आउनजान आर्थिक अवस्था कमजोर रहेको र नागरिकता नहुँदा सरकारी सेवाहरुबाट समेत बन्चित हुनु परेको जानकारी आएपछि आफूहरुले घरमै पुगेर नागरिकता प्रदान गरेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
गुरुङको घाउमा मलम मात्र लगाएको बताउँदै प्रशासकीय अधिकृत सोभाखर पोख्रेलले नागरिकको हरेक दु:खमा प्रशासन सङ्गै रहेको बताए । अधिकृत पोख्रेलले यसअघि पनि मेरुदण्ड भाँचिएर अस्पतालमा उपचाररत बिरुवा -५ का विमल शर्मालाई अस्पतालको बेडमै गएर जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नागरिकता प्रदान गरेको बताए ।
सहायक प्रमुख जिल्ला अधिकारीको समन्वयमा नागरिकता वितरणका क्रममा प्रशासकीय अधिकृत सोभाखर पोख्रेल, नायब सुब्बा जगुलाल पाण्डे, स्थानीय वडाका जनप्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई धन्यवाद व्यक्त गर्दै गुरुङले नागरिकता पाउँदा आफूलाई निकै खुसी लागेको बताए ।
सम्बन्धित खबर
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला