हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भन्दै तस्वीर सार्वजनिक भएको विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कार्यालयका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बिहीबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै अनुसन्धानलाई समेत नकारात्मक प्रभाव पार्ने गरी फोटो सार्वजनिक गरिएको भनिएको छ ।
विज्ञप्तिमा प्रहरीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको आरोपमा अनुसन्धान भइरहेको विषयलाई प्रभाव पार्ने काम भएको समेत उल्लेख छ ।
फोटो सार्वजनिक गर्ने व्यक्तिको पहिचान भएको पनि प्रहरीले जनाएको छ ।

सूचनाको हक सम्बन्धी ऐन २०६४ मा व्यवस्था भएअनुसारको अपराध अनुसन्धान, गोपनीयता कायम गर्नुपर्ने व्यवस्था र साइबर अपराधसम्बन्धी कानुन उल्लङ्घन भएको हुँदा सोही मुद्दामा अनुसन्धान गरेर कारबाही गर्ने प्रहरीले जनाएको छ ।
यसअघि गृहमन्त्री रमेश लेखकले ‘रविको हिरासतभित्रको फोटो भन्दै बाहिर ल्याउनेलाई कारबाही गर्न’ निर्देशन दिएका छन् ।
तस्वीर बाहिर ल्याउने व्यक्ति र सुरक्षा कमजोरीमा संलग्न प्रहरीमाथि पनि कारबाही गर्न गृहमन्त्रीले निर्देशन दिएको प्रहरी स्रोतले जनाएको छ ।
रवि हिरासतमा सुतिरहेको फोटो डा. निकोलस भुसालको फेसबुक आइडीबाट सार्वजनिक भएको थियो । निकोलसले फोटो आफूले खिचेको स्वीकार समेत गरिसकेका छन् ।

सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो