पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकमा जीप दुर्घटना हुँदा मृत्यु एक महिलाको मृत्यु भएको छ । अस्पताल ल्याइनसकेकाले प्रहरीले पुष्टि गरेको थिएन ।
जीप दुर्घटना हुँदा मुस्ताङको थासाङ गाउँपालिका १ टुकुचे बस्ने ७० वर्षीया भिमकुमारी थकालीको घटनास्थलमै मृत्यु भएको हो । घाइते भएका अन्य ४ जनाको पनि पहिचान खुलेको छ ।
पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६८२१ नम्बरको स्कारपियो जीप घान्द्रुकको बतासे डाँडामा आज दिउँसो दुर्घटना हुँदा ४ जना घाइते र एकजनाको मत्यु भएको थियो ।

घाइते मध्ये ४ जनाको सिम्रिक एयर मार्फत् उद्धार गरेर मणिपाल शिक्षण अस्पताल उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिवप्रसाद पाठकले जानकारी दिए ।
दुर्घटनामा परी पोखरा महानगरपालिका–१६ दीप बस्ने २० वर्षीया रिहाना थकाली, मुस्ताङको थासाङ गाउँपालिका–१ घर भएका ३१ वर्षीया ज्योति खत्री थकाली घाइते भएका हुन् । जीपमा सवार बागलुङको गलकोट नगरपालिका १ झाँक्रीस्थान बस्ने ७६ वर्षीया खिमकुमारी खत्री, अन्दाजी ५० वर्षीया नविना खत्री घाइते भएकी छिन् ।
घाइते चारै जनाको शरिरका विभिन्न भागमा चोट लागेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

यस्तै, बागलुङको गलकोट नगरपालिका–१ झाक्रीस्थान बस्ने ४० वर्षीया अनिता खत्री सकुशल रहेको प्रहरीले जनाएको छ ।
सवारी चालक स्याङ्जाको भिरकोट नगरपालिका २ डाँडाकोट बस्ने ४३ वर्षीय गोविन्द श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार ग१ज ६८२१ नं. को स्कारपियो जीप विकासे डाँडामा पुगेपछि अफ्ठ्यारो सडकका कारण रोकिएको थियो ।
चालक श्रेष्ठ र यात्रु अनिता अगाडि सडकको अवस्था हेर्न जानेक्रममा जीप पछाडि गुडेर सडकबाट करिब छ सय मिटर तल भिरमा अड्किन पुगेको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै प्रहरी चौकी घान्द्रुक, प्रहरी चौकी बिरेठाँटी र वडा प्रहरी कार्यालय बगरबाट टोली खटिएर निकै अफ्ठेरो भिरबाट यात्रुको उद्दार गरी हेलिकोप्टरमार्फत उपचारका लागि पोखरा ल्याइएको हो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन