दुई महिनादेखि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध प्रहरीले आज शुक्रबार जिल्ला अदालतमा मुद्दा दायरको तयारी गरेको छ । सूर्यदर्शन सहकारीको रकम दुरुपयोगमा पूरक अभियोगपत्र दायर हुन लागेको हो ।
प्रहरीले एक अर्ब ५१ करोड बिगो कायम गरी लामिछानेसहित ५१ जना विरूद्ध मुद्दा चलाउन गत सोमबार रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले सहकारी ठगीसहित सम्पत्ति शुद्धीकरण तथा संगठित अपराध मुद्दा चलाउन लागेको हो ।
सम्पत्ति शुद्धीकरण मुद्दामा अधिकतम ९० दिन थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ । सो मुद्दाका आरोपीमध्ये एक पूर्वडिआइजी छविलाल जोशी पक्राउ परेको शुक्रबार ९० दिन पुग्ने भएकाले मुद्दा दायर गर्न लागिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारीले शुक्रबार नै मुद्दा दायर हुने गरी तयारी भइरहेको बताए ।
लामिछाने सहकारीमा प्रत्यक्ष संलग्न नभएपनि गोर्खा मिडियामा गएको सहकारीको पैसा खर्च गर्नेमा उनको समेत भूमिका रहेको भन्दै पक्राउ गरेर मुद्दा चलाउन लागिएको हो । रास्वपाले भने राजनीतिक प्रतिशोधका आधारमा उनीविरुद्ध मुद्दा चलाउन लागिएको भन्दै विरोध गर्दै आएको छ ।
मुद्दा दायरपछि अदालतमा उनको बयान हुनेछ । बयानपछि साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने आदेश हुन्छ । पोखरामा छुटेपनि उनलाई नियन्त्रणमा लिएर रुपन्देही, चितवन, काठमाडौं र पर्सा लगेर मुद्दा दायर गर्ने प्रहरी तयारी छ ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ