पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा शुक्रबारदेखि अन्तर सदन फुटसल प्रतियोगिता सुरु भएको छ ।
विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत छात्रहरुले प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगिता दुइदिनसम्म चल्नेछ । विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयका छात्रहरुले समूह बनाएर प्रतिश्पर्धा गरेका छन् ।
प्रतियोगिता संयोजक राकेश जोशीका अनुसार विद्यालयको वार्षिक खेलकुद कार्यक्रम अन्तरगत शुक्रबारदेखि फुटसल प्रतियोगिता आयोजना गरिएको हो । वार्षिक खेलकुदका केही प्रतियोगिता यसअघि नै सकिएका छन् ।
जोशीका अनुसार प्रतियोगितमा विभिन्न ३३ वटा समूहले भाग लिएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई शिल्ड, मेडल र प्रमाणपत्र दिइने उनले बताए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट कोच लगायतलाई पनि शिल्ड, मेडल र प्रमाणपत्र दिइनेछ । खेलाडी र टिमकोचलाई बल हस्तान्तरण गरेर प्रतियोगिता सुरु भएको थियो ।
विद्यालयका प्राचार्य किरण सापकोटाले प्रतिभा माविले खेलकुदका क्षेत्रमा हरेक वर्ष नयाँनयाँ रेकर्ड कायम गर्दै आएको बताए । विद्यार्थीमा रहेको खेलप्रतिको मोहलाई ध्यान दिएर विद्यालयले हरेक वर्ष विभिन्न खेलकुदका गतिविधि गर्दै आएको छ ।
अघिल्लो महिना पोखरामा भएको १७ औं संस्करणको हिसान स्पोर्टस मिटमा पनि प्रतिभा मावि नै च्याम्पियन भएको थियो । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गरेको प्रतियोगितामा योसँगै प्रतिभा मावि लगातार तेश्रोपटक च्याम्पियन बनेको थियो ।
सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा