पोखरा । तेहौं संस्करणको पोखरा महोत्सवमा अमरसिंहचोकमा रहेको होटल टास्क इन्टरनेश्नलले हस्पिटालिटी पार्टनरमा रहेर साथ दिने भएको छ । युनाईटेड क्लबको आयोजनामा आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवमा होटल टास्क इन्टरनेश्नलले हस्पिटालिटी पार्टनरमा रहेर साथ दिने भएको हो ।
महोत्सव आयोजक युनाईटेड क्लब र होटल टास्क इन्टरनेश्नलका प्रतिनिधी बिच पोखरा महोत्सवलाई सहयोग गर्ने गरी सम्झौता भएको छ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै होटल टास्क इन्टरनेश्नलका सञ्चालक मीन गुरुङले होटल टास्क इन्टरनेश्नलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा महोत्सवमा सहकार्य गर्न लागेको बताए । युनाईटेड क्लबले पोखरामा रहेर पोखरा महोत्सवको आयोजना गरी सामाजिक कामलाई अगाडी बढाइरहदा होटल टास्क इन्टरनेश्नलले समेत आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने गरी महोत्सवमा सहकार्य गर्न लागेको बताए ।
होटल टास्कले तीनवटा आउटलेट लेकाली चुलो घर, लेकाली कफी घर, लेकाली सेकुवा एण्ड सुकुटी घर र लेकाली सिटी भ्यूरेष्टुरेन्ट एण्ड बारबाट आफ्नो सेवा प्रवाह गर्दै आइरहेको र त्यसमा हाल लेकाली सेकुवा एण्ड सुकुटी घरबाट अधिकतम खुद्रा मुल्य (एमआरपी) मुल्यमा बियर बिक्री गर्दै आइरहेको छ । बियरका पारखीहरुलाई अधिकतम खुद्रा मुल्यमा बियर बिक्री गरी ब्यवसाय संगै सेवामुलक ढंगले आफुहरु अगाडी बढिरहेको सञ्चालक गुरुङले बताए । लेकाली सेकुवा एण्ड सुकुटी घरमा गोर्खा ब्रुअरीको टुबोर्ग, गोर्खा र काल्र्सबर्ग बियर (अधिकतम खुद्रा मुल्य) एमआरपीमा ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ ।
नेपाली विशुद्ध खानाको रुपमा चर्चित रहेको लेकाली चुलो घर, धराने सेकुवाका पारखीहरुलाई लक्षित गरि सञ्चालनमा ल्याइएको लेकाली सेकुवा एण्ड सुकुटी घर र होटल टास्क संगै सञ्चालनमा रहेको लेकाली सिटी भ्यु रेष्टुरेण्ट एण्ड वारबाट ग्राहकहरुलाई ग्राहकको रोजाइको खानाको परिकारहरु पस्किदै आएको छ ।
महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले पोखरा महोत्सव सामाजिक कामकै लागि आयोजना भएको र होटल टास्क इन्टरनेश्नल जस्तै सहयोग मनहरुको साथ र सहयोगबाट महोत्सव १३ औं संस्करण सम्म आइपुगेको बताए । महोत्सवलाई भब्य र सभ्य बनाउन सम्पूर्ण पोखरेली बासीको साथ र सहयोगको समेत अफुहरुले अपेक्षा गरेको उनको भनाइ थियो ।
महोत्सवको मिति नजिकिदै गर्दा महोत्सवको तयारी तीब्र रुपमा अगाडी वढिरहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो