पोखरा । नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव पर्यटनको राजधानी पोखरामा हुँदैछ । पोखरालाई साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद् र बेलुन नेपाल प्रालिले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष अवसरमा महोत्सव तयारी गरेका हुन् ।
फेवाताल किनार फेवा फाँटमा यही ९–१७ पुससम्म महोत्सव हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा परिषद् अध्यक्ष तारानाथ पहारीले जानकारी दिए । उनका अनुसार महोत्सवमा नेपालसहित १५ देशका अन्तर्राष्ट्रिय बेलुन पाइलटहरुले भाग लिने छन् । १७ वटा हट एयर बेलुन पोखराको आकाशमा उड्नेछन् ।
महोत्सव पामे क्षेत्रको लौरूकदेखि चंखपुरसम्म तीन किलोमिटर क्षेत्रमा आयोजना हुनेछ । फेस्टिभलमा अमेरिका, स्पेन, लिथुनिया, थाइल्याण्ड, भियतनाम लगायत मुलुकमा कम्पनीले भाग लिने बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले बताए । बिहान ६ देखि ९ बजेसम्म ब्यावसायिक उडान हुनेछ भने साँझ विविध कार्यक्रम हुने उनले बताए । साँझ ४ देखि ६ बजेसम्म विभ्निन देशको प्रतिनिधित्व गर्दै बेलुन पाइलटले हट एयर बेलुनको उडान भर्ने छन् । राति ७ दखि ८ बजेसम्म बेलुन नाइट ग्लो तथा सांगीतिक कार्यक्रम हुने छन् ।
महोत्सवमा हरेक दिन सांगीतिक कार्यक्रम, फूड स्टल, मेला र विभिन्न खेल समेत हुनेछन् । महोत्सवमा राष्ट्रिय कलाकारहरू दीपक बज्राचार्य, राजु लामा, एलिना चौहान, कुमार सागर, कविता नेपाली, काटुन क्रूज, बेली नृत्य लगायत स्थानीय कलाकार र व्यान्डले सांगीतिक प्रस्तुति दिने छन् ।
महोत्सवमा करिब तीन हजार जनाले उडान भर्ने लक्ष्य आयोजकको छ । करिब तीन सय वटा गैरव्यावसायिक उडान हुनेछन् । हट एयर बेलुनमा सामान्यतः ४० मिनेटको लामो उडान हुने गर्छ । उडानमा मनोरम हिमशृङ्खलासहित, पोखराको दृश्यावलोकन एवं सूर्योदय र सूर्यास्त देख्न सकिनेछ ।
महोत्सव विशेष आकर्षणरुपमा सूर्योदय र सूर्यास्त बेलुन उडान : पोखराको फेवाताल, अन्नपूर्ण हिमाल र वरिपरिका गाउँको सुन्दर दृश्य, नाइट बेलुन ग्लो ः बेलुनहरू रातको आकाशमा झिलिमिली गर्दै, आगो खेल, क्रिसमस इभ, काठमाडौंको कुमारी नृत्य र बर्ज योगीनी लगायतका कार्यक्रम प्रस्तुत हुनेछन् ।
२४–२६ डिसेम्बरसम्म विभिन्न व्याण्डसहितको प्रस्तुति हुनेछ भने २७ देखि ३१ डिसेम्बरसम्म बेलुन उडान तथा विभिन्न सांस्कृतिक कार्यक्रम हुनेछ । सन् २०२५ को पहिलो दिन १ जनवरीमा सांगीतिक कार्यक्रम प्रस्तुतिसहित कार्यक्रम समापन हुनेछ । साथै महोत्सवमा विभिन्न खानाका परिकारसहितका अन्य केही स्टलहरु समेत रहने छन् ।
उक्त महोत्सवको स्थानीय संयोजक फेवा क्लब हो । बिवाईडीको मुख्य प्रायोजनमा हुने महोत्सव सफल पार्न पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, उघोग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश सरकार प्रवद्र्धकको रुपमा सहयोग गरेका छन् । क्रिजम्याटिक इन्टरटेन्मेन्ट महोत्सवको प्रमुख इभेन्ट व्यवस्थापक हो । उद्घाटनअघि पोखराको भकुण्डेदेखि विभिन्न जनजातिको भेषभुषा सहितको झाँकीसमेत प्रदर्शन हुनेछ ।
पोखरामा सन् २०१८ देखि व्यावसायिकरुपमा हट एयर बेलुन संचालन हुदै आएको थियो । महोत्सवको ब्रान्ड एम्बासडर राजेश हमाल र प्रियंका कार्की हुन् । पोखरा र यस आसपासका सम्भावित विभिन्न साहसिक खेलकुदको पहिचानसहित पोखरालाई साँच्चिकै साहसिक खेलकुदको गन्तव्य बनाउन यस कार्यकमले थप टेवा पुग्ने परिषद् अध्यक्ष पहारीले बताए ।
पत्रकार सम्मेलनमा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारी, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक योगेन्द्र कुँवर, नेपाल पत्रकार महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष माधव बराल लगायतले बोलेका थिए ।
महोत्सवस्थलसम्म जानआउका लागि लेकसाइड डिहिकोपाटनबाट निःशुल्क सटल बसको व्यवस्था मिलाइएको छ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो