स्याङ्जाको पुतलीबजार नगरपालिका -३ स्थित सूर्योदय महिला क्लब बाढखोलाले तिहारमा देउसी भैलो खेलेर उठेको रकमबाट वृद्धाआश्रमलाई सहयोग
गरेको छ ।
क्लबले गल्याङ नगरपालिका -१ स्थित शिव पार्वती वृद्धाआश्रम रामनदी धाम राम्दीमा आश्रीत २२ जना जेष्ठ नागरिकहरुका लागि विद्युतीय हिटर तथा एक दिनको भोजन सहयोग गरेको हो ।
उक्त सामाग्रीहरु वृद्धाआश्रम कार्यालयका सचिव सुनिल श्रेष्ठलाई हस्तान्तरण गर्दै क्लबका अध्यक्ष तारा पौडेल श्रेष्ठले वृद्धाआश्रमले जेष्ठ नागरिकको सेवामा महत्त्वपूर्ण योगदान गरेकोमा आभार व्यक्त गरिन् । उनले आफूहरुले पनि तिहारमा देउसी भैलो खेलेर उठेको रकमबाट सहयोग गरेको बताइन् ।
अध्यक्ष श्रेष्ठले गरिब तथा असहायको सहयोगमा आफूहरु निरन्तर लागिरहेको बताउँदै आगामी दिनमा पनि यस किसिमका सहयोगलाई निरन्तरता दिने बताइन् ।
सूर्योदय महिला क्लब बाढखोलाले करिब २३ हजार रुपियाँ बराबरको विद्युतीय हिटरका साथै आश्रममा संचालित एक दिन एक दाता कार्यक्रमका लागि सात हजार रुपियाँ गरि तीस हजार बराबरको सहयोग गरिएको क्लबका कोषाध्यक्ष राममाया अधिकारीले जानकारी दिइन् ।
प्राप्त सहयोग रकम आश्रममा रहेका जेष्ठ नागरिकहरुको भोजनमा खर्च गरिने वृद्धाआश्रम कार्यालयका सचिव सुनिल श्रेष्ठले बताए ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार