पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ।
सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा न्यायाधीश नितिज राईको इजलासमा जोशीको बयान भएको हो ।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष जोशीको कास्की जिल्ला अदालतमा मंगलबार बयान सकिएको हो । उनीसँग सोमबार पनि बयान लिइएको थियो । नसकिएपछि मंगलबार निरन्तरता दिइएको हो । छविको बयान सकिएपछि अर्का प्रतिवादी लीला पछाईसँगको बयान शुरू भएको छ ।
सोही प्रकरणमा मुद्दा दायर भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भने अझै पालो आएको छैन । उनको पालो आउन केही दिन लाग्ने भएको छ।
किनभने लिलाको बयान सकिएको छैन। बुधबार क्रिसमस डेको सार्वजनिक बिदा परेको छ। बिहीबार अदालत खुलेपछि लिलाको बयान निरन्तर हुने अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
मंगलबार जिल्ला अदालतमा छवि, रवि, पछाईंसँगै नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाललाई पुर्याइएको थियो। सूर्यदर्शन सहकारीका सञ्चालक रहेका कृष्णबहादुर गुरुङ भने बिरामी भएकाले अदालत लगिएन ।
यो प्रकणमा प्रहरी हिरासतमा रहेका लामिछाने, जोशी, पछाईं, खनाल र गुरुङको बयान सकिएपछि थुनछेक बहस शुरू हुनेछ । त्यसपछि मात्र अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन