स्याङ्जाको कालीगण्डकी गाउँपालिका -३ आलम स्थित विर्घा-मिर्मी सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।
आलमबाट विर्घातर्फ जाँदै गरेको ट्रली नभएको सिरक-डसना बनाउने मेसिन जोडेको लु ४ त ७८३१ नम्बरको ट्याक्टर पक्की भित्री सडकखण्डमा मंगलबार साँझ करिब ७ : ४५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
दुर्घटनामा परि मृत्यु हुनेमा बारा जिल्ला गढीमाई नगरपालिका -११ का अन्दाजी २२ वर्षीय सब्दुल अन्सारी रहेका छन् । ट्याक्टरले च्यापेको अवस्थामा अन्सारीलाई उद्दार गरि उपचारका लागि मिर्मी स्थित कालीगण्डकी अस्पताल पठाइएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।
ट्याक्टर अनियन्त्रित भई सडक देखि करिब ४० मिटर तल खस्दा दुर्घटना भएको निरीक्षक श्रेष्ठले बताए । उनले दुर्घटनामा परि ट्याक्टरमा सवार अन्य दुईजना समेत घाइते भएको बताए ।
बारा कलैया उपमहानगरपालिका वडा नं. -१० बस्ने २४ वर्षीय अर्जुन शाह र बारा गढीमाई नगरपालिका वडा नं.-११ बस्ने अन्दाजी २६ वर्षीय सलाम मुदिन मन्सुरी दुर्घटनामा परि घाइते भएका हुन् । घाइते दुवैको टाउको र शरिरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरूको मिर्मी कालीगण्डकी अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पा रिफर गरिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा बारा गढीमाई न.पा.-११ बस्ने १४ वर्षीय सिकन्दर यादव सकुशल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । ट्याक्टर चालक गुल्मी कालीगण्डकी गाउँपालिका -२ अर्बेनी बस्ने २६ वर्षीय सन्दिप वि.क. दुर्घटना पश्चात् फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’