पोखरा । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बिहीबारदेखि बयान सुरु भएको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत मुद्दाका लामिछानेसमेतका प्रतिवादीहरुको सोमबारदेखि कास्की जिल्ला अदालतमा बयान सुरु भएकामा उनको ३ दिनपछि बल्ल पालो आएको हो । बिहीबार उनको बयान नसकिएपछि शुक्रबार पुनः जारी रहने अदालतका निमित्त स्रेस्तेदार ख्यामनारायण लामिछानेले जानकारी दिए ।
उक्त मुद्दामा न्यायाधीश नीतिज राईसमक्ष हाल हिरासतमा रहेका प्रतिवादीहरुको बयान भइरहेको छ । लामिछानेले न्यायाधीशसमक्ष भने इन्कारी बयान दिएको बताइएको छ । कास्कीसहित विभिन्न जिल्लाका सरकारी वकिलसमक्ष प्रहरीले लिएको बयानमा समेत उनले आफूलाई राजनीतिक प्रतिशोध साँधिएको र सहकारी ठगीलगायतका क्रियाकलापमा संलग्न नभएको जिकिर गर्दै आएका छन् । नि. स्रेस्तेदार लामिछानेका अनुसार शुक्रबारसम्म लामिछानेको बयान सकिने बताए । लामिछानेपछि अर्का प्रतिवादीहरु रामबहादुर खनाल र कृष्णबहादुर गुरुङको बयान लिइनेछ । हालसम्म गोर्खा मिडियाका पूर्व संचालक पूर्व डिआईजी छविलाल जोशी र गुल्मी मुसिकोट नगरपालिका–४ की लीला पछाईंको मात्र बयान सकिएको छ ।
प्रतिवादीहरुको बयानपछि हुने थुनछेक बहसमा वादी–प्रतिवादीका वकिलहरुले बहस गर्ने छन् । तत्पश्चात् न्यायाधीश राईले नै प्रतिवादीहरुलाई थुनामा पठाउने, धरौटी वा साधारण तारेखमा रिहामध्ये एक आदेश दिने छन् ।
कास्की जिल्ला अदालतमा सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन सम्बन्धमा सहकारी ठगी मुद्दा गत वर्षदेखि नै विचाराधीन छ । गत वर्ष १८ असोजमा सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जिबी राईसमेत १९ जनालाई प्रतिवादी बनाई मुद्दा दायर भएको थियो ।
कास्की प्रहरीको पछिल्लो अनुसन्धान प्रतिवेदनसँगै जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार र आइतबार गरी सोही मूल मुद्दामा थप प्रतिवादी बनाई पूरक अभियोगपत्र दायर गरेको हो । आइतबार दायर पूरक अभियोगपत्रमा रास्वपा सभापति लामिछाने, जोशीसमेत ४४ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्ये ३१ जना व्यक्ति, ८ कम्पनी छन् । अन्य ५ जनाको सम्पत्ति जफत गर्न थप अभियोजन दर्ता गरिएको थियो ।
कुल ६३ प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो माग दाबी छ ।

सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह