पोखरा । निस्सिम थापा फाउन्डेसनको दोस्रो साधारण सभा तथा पहिलो अधिवेशन शनिबार पोखरामा भएको छ ।
कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा. रामचन्द्र बरालले फाउन्डेसनको प्रगतिमा शुभकामना व्यक्त गर्दै निस्सिम थापाको आकांक्षा र समाजशास्त्रको अध्ययनलाई जोड्दै उदाहरणीय व्यक्तित्वको रूपमा चित्रण गरे ।
कार्यक्रममा एमए सोसियोलोजीमा उत्कृष्ट नतिजा हासिल गरेका विनोदकुमार कार्कीलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ । अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम राख्न सफल पाइलट अमन थापामगर, तोरण गुरुङ र अन्जन कुँवरलाई पनि उक्त अवसरमा सम्मान गरिएको छ ।
कार्यक्रमको दोस्रो सत्रमा सम्पन्न भएको अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको छ । फाउन्डेसनको अध्यक्षमा प्रकाश थापा, उपाध्यक्षमा सावित्री थापा मोक्तान, सचिवमा रिता पौडेल, कोषाध्यक्षमा सागर क्षेत्री चयन भए ।
सदस्यमा रुपेश गुरुङ, नेहा श्रेष्ठ, सुरज थापा, राजुबहादुर थापामगर र प्रदीप पौडेल छन् । नयाँ कार्यसमितिलाई बधाई दिँदै अध्यक्ष प्रकाश थापाले सबै सदस्यहरूको सक्रियतामा जोड दिँदै फाउन्डेसनलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाएका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन