स्याङ्जाको फेदीखोला गाउँपालिकाद्वारा आयोजित सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविले हात पारेको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित फेदीखोला गाउँपालिका -२ स्थित फेदीखोला रंगशाला खेलमैदानमा गएको बिहिवारदेखि भएको प्रतियोगितामा १४ स्वर्ण, ७ रजत र ४ कास्य पदकसहित कुल ६० अङ्क हात पार्दै सिद्धार्थ माध्यमिक विद्यालय प्रतियोगिताको उपाधि विजेता बनेको हो ।
त्यस्तै, प्रतियोगितामा ७ स्वर्ण, ७ रजत र ५ कास्य पदक गरि कुल ४० अङ्कसहित दामगाडे मावि दोस्रो र ३ स्वर्ण, ३ रजत र २ कास्य पदकसहित कालाभैरव मावि तेस्रो बनेको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी समीर सुनार, अभिषेक गुरुङ र युनिस गुरुङ बनेका थिए । त्यस्तै, मार्चपास अन्तर्गत चण्डीडाँडा माध्यमिक विद्यालयले उत्कृष्ट स्थान हासिल गरेको थियो ।
प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फको भलिबल, कबड्डी, रिले दौड, विभिन्न दुरिमा दौड, हाइजम्प, लङ्गजम्प, ज्याभलिन थ्रो, सटफुट, कराते लगायतका खेल भएका थिए ।
प्रतियोगितामा विजेताहरुलाई गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरू, जिससका सदस्यहरुलगायतबाट ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्