स्याङ्जाको भीरकोट नगरपालिका -६ निवासी नारायण प्रसाद कोइरालाले आफ्नो जन्मदिनको अवसर पारेर आफूले अध्यापन गराउने विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।
कोइरालाले आफ्नो ३७ औं जन्मदिनको अवसर पारेर भीरकोट नगरपालिका -८ स्थित पब्लिक एकेडेमी माध्यमिक विद्यालयमा आफ्ना स्वर्गीय हजुरबुबा एकनारायण कोइराला र स्वर्गीय हजुरआमा विन्द्राकुमारी कोइरालाको स्मृतिमा ‘एकनारायण विन्द्रा अक्षयकोष’ स्थापना गरेका हुन् ।
पब्लिक एकेडेमी माविका अध्यापक कोइरालाले विद्यालयमा अध्ययनरत विद्यार्थीको हौसला बढाउने उद्देश्यका साथ ५५ हजार पाँच सय ५५ रुपियाँ बराबरको अक्षयकोष स्थापना गरेका हुन् ।
अक्षयकोष स्थापना गर्दै अध्यापक कोइरालाले उक्त कोषबाट प्राप्त हुने ब्याजले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये कक्षा -१० (एस.ई.ई) परिक्षामा ३.२ भन्दा बढी जिपिए ल्याई उत्तीर्ण हुने विद्यार्थीलाई छात्रवृत्तिको सुविधा उपलब्ध गराउने बताए ।
आफ्नो जन्मदिनलाई तडकभडकका रुपमा फजुल खर्च गरेर मनाउनुभन्दा आफूले नै अध्यापन गराउने विद्यालयमा अक्षयकोष स्थापना गर्न पाउँदा निकै खुसी लागेको अध्यापक कोइरालाले बताए ।
अध्यापक कोइरालाले अक्षयकोषको रकमको चेक विद्यालयकी प्रधानाध्यापक देवकी रेग्मीलाई हस्तान्तरण गरेका छन् । उनले यसअघि पनि भीरकोटमा आफूले अध्ययन गरेको भाग्योदय मावि र अध्यापन गराएको बालोदय आवासीय माविमा समेत अक्षयकोष स्थापना गरिसकेका छन् ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु