काठमाडौँ । क्यानडाको लण्डनमा सडक दुर्घटनामा परी एकजना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।
तीन साताअघि साँझ कुहिरो लागेको समयमा सडक पार गर्ने क्रममा पिकअप ट्रकले ठक्कर दिँदा फ्यान्स कलेज, लण्डनमा अध्ययनरत २२ वर्षीया सचिना श्रेष्ठको मृत्यु भएको हो । डिसेम्बर ८ तारिकमा दुर्घटमा परेपछि उनलाई स्थानीय भिक्टोरिया हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको क्यानेडियन प्रहरीले जनाएको छ । नेपालमा उनको घर सुनसरी भनिए पनि यकिन ठेगाना खुलिसकेको छैन ।
उनको अन्तिम संस्कार, बुबा आमाको यात्रा र अन्य आपतकालीन खर्चका लागि २५ हजार डलर उठाउने लक्ष्यका साथ ‘गो फण्ड मी’ मा चन्दा संकलन शुरू गरिएको थियो । उनका अभिभावक नेपालबाट गएपछि डिसेम्बर २६ साँझ ८ बजे सचिनालाई दिइएको भेन्टिलेटरको सपोर्ट हटाइएको थियो ।
अन्टारियोको लण्डनम} गत वर्षको फेब्रुअरीमा सडक दुर्घटना हुँदा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने अन्य ७ जना गम्भीर घाइते भएका थिए । २०२४ मा मात्रै सडक दुर्घटनामा परेर क्यानाडामा तीन जना नेपाली विद्यार्थीहरूको मृत्यु भइसकेको छ ।
सम्बन्धित खबर
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय
अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’