वार्षिकोत्सवमा निःशुल्क ब्यूटीसियन तालिम

सौन्दर्य तालिम

वार्षिकोत्सवमा निःशुल्क ब्यूटीसियन तालिम

आर्थिक अभावमा रहेका छात्रा तथा महिला लक्षित गरी तालिम सञ्चालन

go girl

पोखरा स्थित एक ब्यूटीपार्लरले आफ्नो वार्षिकोत्सवको अवसरमा निःशुल्क ब्युटीसियन तालिम दिने भएको छ ।

पोखरा १४, चाउथे स्थित गो गर्ल ब्यूटीपार्लरले वार्षिकोत्सवको अवसरमा आर्थिक अभावमा रहेका छात्रा तथा महिला लक्षित गरी तालिम सञ्चालन गर्न लागेको हो । ईच्छुकले पुस २० गतेभित्र ब्यूटीपार्लरमा सम्पर्क गर्न अनुरोध पनि गरेको छ ।

चाउथे स्थित पार्लरमै सञ्चालन हुने तालिममा १० जनालाई सहभागी गराईने पार्लरले जनाएको छ ।

पैसा अभावले विद्यालय÷कलेजमा अध्ययनलाई निरन्तरता दिन नसकेका तथा तालिम लिन नसकेका महिलाहरुका लागि निःशुल्क बेसिक ब्यूटीसियन तालिम दिने सञ्चालक लक्ष्मी खत्री पौडेलले बताइन् ।

पार्लरले गत बर्ष मानवसेवा आश्रममा रहेका बृद्धबृद्धाहरुलाई सहयोग गरेको थियो । २०७३ सालदेखि बिशेषगरी महिला श्रृङ्गारमा काम गर्दै आएको सञ्चालक पौडेलले बताइन् ।

आधुनिक प्रविधिका मेसिनहरुबाट अनुहारको स्कीन चेकजाँच गरी सही सल्लाह तथा उपचार गर्ने गरेको उनले सुनाईन् ।

नाम टिपाउने समय पुस २० गते सम्म पार्लरमा नै सम्पर्क गर्न अनुरोध गरिन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds