लमजुङ सदरमुकाम बेंसीशहर बस्दै आएकी एकजना किशोरीलाई अपहरण गरी भारत लगेको आरोपमा प्रहरीले एकै परिवारका ३ जनालाई पक्राउ गरेको छ ।
एकजना स्कुले विद्यार्थी १४ वर्षिया किशोरीलाई अपहरण गरी भारत लगेको आरोपमा लमजुङ प्रहरीले भारतको मोतिहारी जिल्ला घोडासान थाना बकुलिया ५ घर भई हाल बेंसीशहर नगरपालिका ७, सहजी बस्दै आएका ४० वर्षिय शेख सैतुला, उनका श्रीमती र छोरालाई पक्राउ गरेको जनाएको छ ।
ती किशोरीलाई मंसिर २४ गते विहान ललाई फकाई बेंसीशहरबाट लगेको र नेपाल–भारत सीमावर्ती क्षेत्रबाट उद्दार गरी ल्याइएको प्रहरीले जनाएको छ । ती क्षेत्रबाट नै शेख परिवारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए ।
प्रहरी स्रोतका अनुसार शेखले किशोरीकी आमालाई आफ्नो छोराले तपाइकी छोरी भगाएको भनी फोन गरेपछि घटना बाहिरिएको थियो । उनले आफू लमजुङमै रहेको र छोराले भारततर्फ लगेको भनी फोन गरेका थिए । घटनामा उनी आफैं संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी स्रोत बताउँछ ।
प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ गरी सोमबार लमजुङ ल्याएको छ । उनीहरुविरुद्ध मंगलबार अपहरण तथा शरीर बन्धक सम्बन्धि कसुर मुद्दामा लमजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार सेख परिवार बेंसीसहरको सहजीमा बसेर सिरक डसना बनाउने र विक्रीवितरण गर्ने कार्यमा सक्रिय थिए । किशोरीलाई भारत लानुअघि मोवाइल समेत किनिदिएको प्रहरी स्रोत बताउँछ । किशोरीलाई प्रलोभनमा पारेर भारत लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बताएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प