लमजुङ सदरमुकाम बेंसीशहर बस्दै आएकी एकजना किशोरीलाई अपहरण गरी भारत लगेको आरोपमा प्रहरीले एकै परिवारका ३ जनालाई पक्राउ गरेको छ ।
एकजना स्कुले विद्यार्थी १४ वर्षिया किशोरीलाई अपहरण गरी भारत लगेको आरोपमा लमजुङ प्रहरीले भारतको मोतिहारी जिल्ला घोडासान थाना बकुलिया ५ घर भई हाल बेंसीशहर नगरपालिका ७, सहजी बस्दै आएका ४० वर्षिय शेख सैतुला, उनका श्रीमती र छोरालाई पक्राउ गरेको जनाएको छ ।
ती किशोरीलाई मंसिर २४ गते विहान ललाई फकाई बेंसीशहरबाट लगेको र नेपाल–भारत सीमावर्ती क्षेत्रबाट उद्दार गरी ल्याइएको प्रहरीले जनाएको छ । ती क्षेत्रबाट नै शेख परिवारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए ।
प्रहरी स्रोतका अनुसार शेखले किशोरीकी आमालाई आफ्नो छोराले तपाइकी छोरी भगाएको भनी फोन गरेपछि घटना बाहिरिएको थियो । उनले आफू लमजुङमै रहेको र छोराले भारततर्फ लगेको भनी फोन गरेका थिए । घटनामा उनी आफैं संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी स्रोत बताउँछ ।
प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ गरी सोमबार लमजुङ ल्याएको छ । उनीहरुविरुद्ध मंगलबार अपहरण तथा शरीर बन्धक सम्बन्धि कसुर मुद्दामा लमजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार सेख परिवार बेंसीसहरको सहजीमा बसेर सिरक डसना बनाउने र विक्रीवितरण गर्ने कार्यमा सक्रिय थिए । किशोरीलाई भारत लानुअघि मोवाइल समेत किनिदिएको प्रहरी स्रोत बताउँछ । किशोरीलाई प्रलोभनमा पारेर भारत लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बताएको छ ।
सम्बन्धित खबर
गोरखाका कर्खा गायक लालबहादुर गन्धर्वको निधन
तनहुँको एक सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ
पूर्वराजा ज्ञानेन्द्र पोखरा आउने
कविता गाउँ लुम्लेको स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाइँदै
प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल सर्वसम्मत
काँक्रोको बीउ बिक्री गरेर पर्वतमा छ करोड आम्दानी
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा