तेस्रो वडा अध्यक्ष कप: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

तेस्रो वडा अध्यक्ष कप: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

volleyball tournament

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा माघे संक्रान्ती मेला हुने भएको छ ।

तेस्रो वडा अध्यक्ष कपअन्तर्गत आगामी माघ १ देखि ४ गतेसम्म प्रतियोगिता हुन लागेको हो । कारिकोट स्पोर्ट्स क्लबको आयोजनमा कालीगण्डकी गाउँपालिका -१ स्थित धगौती बगर, तीनमुखे पुलमा प्रतियोगिता हुने भएको हो । पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा सहभागी समूहले एकजना खेलाडी अन्य पालिकाको समावेश गर्न पाइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहले शिल्ड, मेडल र प्रमाणपत्रसहित क्रमशः एक लाख ५० हजार रुपियाँ, एक लाख र ५० हजार रुपियाँ प्राप्त गर्नेछन् । त्यस्तै, सान्त्वना हुने समूहले २५ हजार रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

साथै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर र उत्कृष्ट कोचलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ