पोखरा । पोखरामा अवैध लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्।
बिहीबार बेलुका ६ बजे पोखरा महानगरपालिका– १ सिद्धनाथ टोलबाट सोही स्थान बस्ने वर्ष ३७ कानिसद बाबु श्रेष्ठ र पर्वत कुश्मा नगरपालिका– १० स्थायी वतन भई हाल पोखरा– ८ नयाँबजार बस्ने वर्ष ३२ को दीपक वि.क.लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीले उनीहरुको घरकोठा खानतलासी गर्दा लागूऔषध खैरो हिरोईन (ब्राउन सूगर) जस्तो देखिने पदार्थ ०.४९० ग्राम, लागू औषध डाईजापाम– ३ एम्पुल, नाम उल्लेख नभएको सादा एम्पुल २ एम्पुल गरी जम्मा ५ एम्पुल, डिजिटल तराजु १ थान र मोवाईल २ थानसमेत बरामद गरिएको जनाएको छ।
यस्तै, बिहीबार राति ९ बजे पोखरा महानगरपालिका–२५ हेम्जाबाट सोही स्थान बस्ने वर्ष २८ कोलगिन थापालाई पनि प्रहरीले पक्राउ गरेको छ।
थापाको घरकोठा खानतलासी गर्दा लागूऔषध खैरो हिरोईन (ब्राउन सूगर) जस्तो देखिने पदार्थ ०.५०० ग्राम, लागू औषध गाँजा ६०० ग्राम, ल्क्ष्त्च्ब्ख्भ्त्–१० नाम उल्लेख भएको लागूऔषध १९९ चक्की र मोवाईल १ थानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तिनैजनालाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर