नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) अध्यक्ष दुजाङ शेर्पाले आफूमाथि नै छानबिन गर्न माग गरेका छन्। आफूमाथि लागेको आरोपका विषयमा छानबिन गर्न माग गर्दै नेपाली कांग्रेसको सुशासन समितिमा उजुरी दिएका हुन् ।
अध्यक्ष शेर्पामाथि व्यक्तिगत खातामा पैसा जम्मा गरेर हिनामिना गरेको आरोप लागेको थियो। सोही विषयमाथि छानबिन र कारबाहीको माग गर्दै उनले उजुरी दिएका हुन्।
आफूमाथि बिना प्रमाण झुटा आरोप लागेको र आर्थिक अपचलनको लाञ्छना लगाई चरित्र हत्या गरी सङ्घको छवि समेत धुमिल गर्न गरिरहेको दुष्प्रयास गरिएको भन्दै छानबिन गर्न माग गरेका हुन्।
सङ्गठनको विधि र पद्धति समेतको धज्जी उडाउने, विद्यार्थी आन्दोलनमाथि चौतर्फी आक्रमण भइरहेको उनको आरोप छ।
नेविसंघको संस्थापन पक्ष र संस्थापनइतर पक्षबिच विभिन्न विषयमा मतान्तर चल्दै आएको छ। केन्द्रीय सदस्य प्रेमिका राना मगरले शुक्रबार विज्ञप्ति जारी गर्दै विद्यालय पुनर्निर्माणका लागि सङ्कलित रकम पनि व्यक्तिगत खातामा राखेर हिनामिना गरेको आरोप लगाएकी थिइन ।
पुस ७ गतेदेखि देशभरका क्याम्पसहरूमा नेविसंघको सदस्यता अभियान भइरहेको छ भने संस्थापनइतर पक्षले पनि अधिवेशनजस्ता गतिविधि गरिरहेका छन्।
सम्बन्धित खबर
पूर्वाधारमन्त्री सुनिल लम्सालको सचिवालय ३९ सदस्यीय ! फेरि थपियो विज्ञ सल्लाहकार
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
मौलापुरकी मेयरले बालेनलाई भनिन्: टुकुचामा गाडिदिने भन्नुहुन्थ्यो, क-कसलाई लालबकैयामा गाड्नुपर्ने हो, सल्लाह पाऊँ
कांग्रेस फुटबाट जोगाउन अब गाह्रो, इतर समूहले पनि सार्वजनिक गर्यो १५औं महाधिवेशनको कार्यतालिका
दुर्गा प्रसाईं भन्छन्: देश जलाउने राजनीतिमा मेरो रुची छैन
मन्त्री पुनलाई जेनजी अभियन्ता अन्सारीको प्रश्न : तपाईं मन्त्री कि लाचार अभियन्ता ?
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला