लमजुङका पत्रकार आश गुरुङको गीत गुरुङ फिल्म ‘पुर्खाको थलो’ मा समेटिएको छ । कन्तिपुर दैनिकका संवाददाता गुरुङले लेखेको यो गीत फिल्मको शीर्ष गीत हो ।
‘ङ्योए नासारी’ बोलको गुरुङ गीतले विशेषतः विदेश रहेकालाई गाउ“ फर्किन प्रेरित गरेको छ । गुरुङ फिल्ममा यसअघि विदेश नजान भन्दै गीतहरु निर्माण गरिए पनि यो गीत भने विदेश गएकालाई गाउ“ फर्कन आग्रह गरिएको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकूलपति गोरे गुरुङले संगीत संयोजन गरेको यो गीतमा राजबहादुर गुरुङले आवाज दिएका छन् । पिटर गुरुङले छायांकन गरेको यो भिडियोलाई ज्योति प्रोडक्सन प्रालिमा विष्णुहरि तिमिल्सिनाले सम्पादन गरेका छन् ।
कास्कीको मादी गाउ“पालिका १०, भाचोकमा छायांकन गरिएको फिल्म पुर्खाको थलोलाई फिल्मका लेखक समेत रहेका ओमप्रकाश गुरुङले निर्देशन गरेका छन् ।
कुबिना गुरुङ, दिल घले, उत्तरबहादुर गुरुङ, खिम कुमारी गुरुङ, जोग माया गुरुङ निर्माता रहेको यो फिल्म केही महिनाभित्रै प्रदर्शन ल्याउने तयारी गरिएको छ । तमू ल्होसारको अवसरमा भिडियोसहितको यो गीत रोधि प्लस युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
मुनाल फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म पुर्खाको थलोमा गणेशमान गुरुङ, लक्ष्मी गुरुङ, डिबी गुरुङ, लालशोभा गुरुङ, ओम गुरुङ, गणेश गुरुङ, सुस्मा गुरुङ, राजेन्द्र अधिकारी, खिमकुमारी गुरुङ, जोगमाया गुरुङ, गम गुरुङ लगायत कलाकारले अभिनय गरेका छन् ।
कान्तिपुरकर्मी गुरुङले यसअघि गुरुङ फिल्म नानु, मैंरिमो, टुकी, मि न्होंर्बे टलगायत फिल्म तथा म्युजिक भिडियो साथै गाउ“ चिनारी गीत लेखेका छन् ।
सम्बन्धित खबर
जिप अचानक गुड्दा चालकको च्यापिएर मृत्यु
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
पृथ्वीसुब्बा गुरुङको चुनावी प्रचारप्रसार अभियान दोर्दीबाट सुरु
लमजुङको दूधपोखरीमा डुबेका १८ वर्षीय मनोजको शव डेढ महिनापछि सशस्त्रले निकाल्यो
लमजुङको दूधपोखरीमा नुहाउने क्रममा भुजुङका १८ वर्षीय किशोर बेपत्ता
लमजुङमा पहिरोले पुरिएर मजदुरको मृत्यु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह