बन्दीपुर केबलकार एण्ड टुरिजम लि. ले लिग भाँचिएर डिब्बा चुँडिएको भन्ने समाचार बारेमा स्पष्टिकरण दिएको छ ।
सञ्चालक समितिले एक पत्र सार्वजनिक गर्दै नियमित चेकजाँचका क्रममा सर्भिसिङ गरिएको र कुनै दुर्घटना वा क्षती नभएको प्रष्ट पारेको छ ।
बन्दीपुर केवलकारले भनेको छ– ‘नियमित प्रोटोकल अनुसार दैनिक टावरहरूमा लगाइएका अत्याधुनिक विद्युतीय डिभाइसहरु जाँच गर्ने साथै लाईन सिफ्टमा केवलकार चलिरहेको अवस्थामा समेत जाँच गरिरहने क्रममा भेटिएका सामान्य त्रुटी सच्चाउन यात्रीहरु नचढाइकन सर्भिसिङ गर्ने क्रममा टावरको प्लाटफर्म र लाईन सिभबाट रोप निकालिएको अवस्थालाई डिब्बा चुँडिएको, रोप चुँडिएको भन्ने गरी भ्रमात्मक समाचार बन्न पुगेकोमा सूचना सम्प्रेषण गर्ने क्रममा यात्रीरहित रुपमा जाँच गर्दा प्लाटफर्म तल झरे जस्तो मात्र देखिएको र कुनै प्रकारको दुर्घटना तथा क्षती नभएको सूचित गर्न चाहन्छौं।’
बन्दीपुर केबलकार सामुदायिक उद्यमको नमूना भएको जिकिर गर्दै सधैं सचेत तथा सुरक्षित सेवाको लागि प्रतिवद्ध रहेको जानकारी पनि बन्दीपुर केबलकारले गराएको छ ।

सम्बन्धित समाचारः
बन्दीपुर केबलकारको लिग भाँचिएर डिब्बा भुईँ नजिकै लत्रियो
अब केबलकार चढेर बन्दीपुर, बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने
बन्दीपुर केबलकार वैशाखदेखि सञ्चालन हुँदै
कोभिड -१९ का कारण बन्दीपुर केबुलकारको काम प्रभावित, प्रदेशकै ठूलो सभाहल बन्दै
खुल्यो बन्दीपुर केबलकारको शेयर
सम्बन्धित खबर
तनहुँमा विद्यार्थीको गालामा पन्यु तताएर डाम्ने शिक्षिका पक्राउ
तनहुँमा प्रहरीलाई कुटपिट गरेको आरोपमा चार जना पक्राउ
तनहुँको एक सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
तनहुँमा ग्याँस बुलेट दुर्घटना हुँदा चालकको मृत्यु
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति