बन्दीपुर केबलकार एण्ड टुरिजम लि. ले लिग भाँचिएर डिब्बा चुँडिएको भन्ने समाचार बारेमा स्पष्टिकरण दिएको छ ।
सञ्चालक समितिले एक पत्र सार्वजनिक गर्दै नियमित चेकजाँचका क्रममा सर्भिसिङ गरिएको र कुनै दुर्घटना वा क्षती नभएको प्रष्ट पारेको छ ।
बन्दीपुर केवलकारले भनेको छ– ‘नियमित प्रोटोकल अनुसार दैनिक टावरहरूमा लगाइएका अत्याधुनिक विद्युतीय डिभाइसहरु जाँच गर्ने साथै लाईन सिफ्टमा केवलकार चलिरहेको अवस्थामा समेत जाँच गरिरहने क्रममा भेटिएका सामान्य त्रुटी सच्चाउन यात्रीहरु नचढाइकन सर्भिसिङ गर्ने क्रममा टावरको प्लाटफर्म र लाईन सिभबाट रोप निकालिएको अवस्थालाई डिब्बा चुँडिएको, रोप चुँडिएको भन्ने गरी भ्रमात्मक समाचार बन्न पुगेकोमा सूचना सम्प्रेषण गर्ने क्रममा यात्रीरहित रुपमा जाँच गर्दा प्लाटफर्म तल झरे जस्तो मात्र देखिएको र कुनै प्रकारको दुर्घटना तथा क्षती नभएको सूचित गर्न चाहन्छौं।’
बन्दीपुर केबलकार सामुदायिक उद्यमको नमूना भएको जिकिर गर्दै सधैं सचेत तथा सुरक्षित सेवाको लागि प्रतिवद्ध रहेको जानकारी पनि बन्दीपुर केबलकारले गराएको छ ।

सम्बन्धित समाचारः
बन्दीपुर केबलकारको लिग भाँचिएर डिब्बा भुईँ नजिकै लत्रियो
अब केबलकार चढेर बन्दीपुर, बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने
बन्दीपुर केबलकार वैशाखदेखि सञ्चालन हुँदै
कोभिड -१९ का कारण बन्दीपुर केबुलकारको काम प्रभावित, प्रदेशकै ठूलो सभाहल बन्दै
खुल्यो बन्दीपुर केबलकारको शेयर
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती