काठमाडौं । प्रकाश सपूतले आफ्नो ड्रिम प्रोजेक्ट ‘वसन्त’को पोस्टर सार्वजनिक गरेका छन् । प्रकाश आफ्नै लेखन तथा निर्देशक रहेको सिनेमाको पोस्टर सार्वजनिक गरेका हुन् ।
पोस्टरमा प्रकाश आफैँ फिचर्ड छन् । पोस्टरमा प्रकाशको पात्र अध्ययनशील देखिएको छ । केही लेखिरहेको र केही सोचिरहेको देखिन्छ । टेबुलमा किताबको चाङ छ भने भित्तामा लक्ष्मीप्रसाद देवकोटा र पारिजातका तस्बिर छन् । यसले उनी कहीँ साहित्य लेखिरहेको अनुमान हुन्छ । ‘वसन्त’मा सपूतको लेखन, निर्देशन, निर्माण, अभिनय, गायन र संगीत रहेको छ । यो चलचित्र चैत २२ गते रिलिज हुनेछ ।
उनका यसअघिका सिनेमा र गीतका कारण यो सिनेमाबाट धेरैले अपेक्षा राखेका छन् । पोस्टर सार्वजनिक गर्दै उनले लामो स्टाटस लेखेका छन् । जहाँ उनले चलचित्र ‘वसन्त’ निर्माण गर्दाका चुनौतीका अनुभव लेखेका छन् ।
‘वसन्त’ निर्माणमा व्यस्त हुँदा धेरै कुरा नचाहेर पनि छोड्नु परेको बताएका छन् । गीत, स्टेज, चलचित्रको प्रचारमा समय दिन नसकेको बताएका छन् । यसका कारण आफ्नो आलोचना भएको बताएका छन् । तर पनि आफू ‘वसन्त’मा सफल भए यसबाट गुमेका सबै कुरा फिर्ता हुने उनको विश्वास छ ।
उनले ‘वसन्त’ निर्माणको क्रममा संगीतबाट कमाएको समय, साथीभाइ र आराम गुमाएको बताएका छन् । यो सिनेमा आफ्नो जीवनकै ठूलो सपना पूरा गर्न गरिएको प्रयास भएको बताएका छन् । यो चलचित्र निर्माणका कारण आफूले एक वर्षदेखि नयाँ गीत सार्वजनिक नगरेको तथा आफूले मन्दिर ठानेको देश–विदेशका कार्यक्रम जान नपाएको बताएका छन् ।
‘मैले ‘वसन्त’ मा मभित्रका सबै रङ्गहरू पोखेको छु । ‘यदि ‘वसन्त’ तपाईँलाई बबाल लाग्यो भने, म बबाल हुँ । यदि लागेन भने मेरो प्रतिभाको दायरा यति नै हो । मेरो सीमितता यहीसम्म हो । मैले यहाँभन्दा थप केही जान्दिनँ,’ यसो भनौं, म यो जन्मका लागि जम्माजम्मी यति नै हुँ, ‘वसन्त’ जति । मलाई विश्वास छ, ‘वसन्त’ले समयले खोसेका सबै कुरा फिर्ता दिनेछ ।’
‘वसन्त’मा प्रकाशसँगै अभिनेत्री स्वस्तिमा खड्का, खड्गबहादुर पुन, प्रभात पाल, श्री शिभांसी, उर्मिला लाम्गादेलगायतका कलाकारको अभिनय छ । गलबन्दी प्रोडक्सनको ब्यानरमा बनेको सिनेमामा मोहन विश्वकर्मा र बिन्दु बोहरा निर्माता छन् ।
कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्रनारायण श्रेष्ठ रहेका छन् । प्रकाश सपूतको डेब्यु चलचित्र ‘परदेशी–२’ सुपरहिट भएको थियो । हालै प्रदर्शनमा आएको दोस्रो सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’ले पनि कीर्तिमानी व्यापार गरेको थियो । उनले निर्देशनमा पनि हात हालेका छन् । उनको ‘वसन्त’ डेब्यु निर्देशन हो ।
सम्बन्धित खबर
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
बालेनको प्रचारका क्रममा अछाममा ढलेका पत्रकार दिनेश सिटौला रहेनन्
बालेन्द्रको घरमा चोरी भएको घटना के हो ?
सहिदका आकांक्षा पूरा गर्नु नै सच्चा श्रद्धाञ्जलीः प्रदेश प्रमुख भट्ट
सर्वोच्चले भन्यो- संसद् पुनः स्थापनको मागमा २० गते पेसी तोकिएको होइन, हल्ला फैलाइयो
निर्वाचनका लागि दल र उम्मेदवारलाई छुट्टै बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान