पोखरा महानगरपालिका वडा नं. २३ स्थित बाम्दीमा संचालित गत वर्ष सञ्चालित ‘पोखरा मोटो-ईन्डुरो क्रस च्याम्पियनसीप-२०२४’को विजेतालाई पुरस्कार रकम नै नदिएपछि प्रतियोगिताको नाममा ठगी गरिएको पाइएको छ।
गएको वर्ष चैत २३ र २४ गते संचालित उक्त च्याम्पियनशीपमा प्रथम भएको समूहलाई पुरस्कार बापतको एक लाख ५० हजार रुपियाँ नदिएको आरोपमा प्रहरीले पोखरा राइडर्स क्लबका अध्यक्ष सोनिक क्षेत्री समेत दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
पोखरा महानगरपालिका वडा नं. ५ पर्स्याङ निवासी वर्ष २९ को क्षेत्रीको साथमा उक्त च्याम्पियनशीपका संचालक तथा निर्देशक अछामको सिउडी गाउपालिका वडा नं. १ स्थायी वतन भई हाल पोखरा ६ जरेबर बस्ने वर्ष ३१ को जगत डोलीलाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ।
पोखराको लेकसाइडबाट पक्राउ परेका उनीहरु विरूद्ध कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
च्याम्पियनशीपमा सहभागी हुन समूह दर्ता शुल्क बापत १७ हजार लिएका थिए । विजेतालाई पैसा दिनुको सट्टा लुकिछिपी हिँडेपछि प्रहरीमा उजुरी परेको थियो ।
सम्बन्धित खबर
पूर्वराजा ज्ञानेन्द्र पोखरा आउने
कविता गाउँ लुम्लेको स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाइँदै
घान्द्रुक पर्यटन महोत्सव आगामी फागुन ७ देखि हुने
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायीद्वारा शैक्षिक सामग्री हस्तान्तरण
मुटु सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा