पोखरा । पञ्चासे प्राज्ञ मञ्चको दोस्रो साधरण सभा तथा बृतचित्र लोकार्पण कार्यक्रम भएको छ । साधरण सभाको उद्घाटन गर्दै प्रदेश सभासद प्रकाश बराल पञ्चासे प्राज्ञ मञ्चले पोखरा २३ को विकास र इतिहास संरक्षणमा भुमिका खेल्नु पर्ने बताए ।
उनले पोखरा महानगरपालिका २३ मा पर्ने पञ्चासे क्षेत्रलाई विश्वले नै चिन्ने भन्दै यस प्रचार प्रसारमा अझ लाग्न सके आर्थिक, धार्मिक र पर्यटन क्षेत्रको विकास हुने बताए । उनले बृत चित्रले यस क्षेत्रका धार्मिक र प्राकृतिक क्षेत्रलाई समेटका कारण यस क्षेत्रको प्रचार प्रसारमा सहयोगी हुने उल्लेख गरे । कार्यक्रममा पोखरा महानगरपालिका २३ का वडा अध्यक्ष रामकाजी गुरुङले बृत चित्रले वडा नम्बर २३ र २४ को केही भागको प्रचार प्रसारमा योगदान दिने बताए ।
कार्यक्रममा बिभिन्न बिधामा त्यस क्षेत्रमा योगदान दिएको भन्दै सम्मान गरेको थियो । सम्मानित हुनेमा टेकनाथ पराजुली, इश्वरी प्रसाद लामिछाने, अमित पराजुली, भक्तबहादुर गुरुङ, ममता दाहाल, सन्देश थापा र स्वामी निसेशान्दलाई दोसल्ला, प्रमाण पत्रले सम्मान गरीएको थियो ।
कार्यक्रममा हरीलाल पौडेलले कबिता बाचन, जेष्ठ नागरीक मिलन केन्द्रले भजन प्रस्तुत गरेका थिए । मञ्चका अध्यक्ष प्राज्ञ गगाधर तिमिल्सिनाले संस्थाले पोखरा २३ क्षेत्रको इतिहास, धार्मिक क्षेत्रका संरक्षण प्रर्वधनका काम लागेको भन्दै सबैका सहयोग आवश्यक पर्ने बताए । कार्यक्रमको सहजी करण प्राज्ञगगाधर चपाइ र सचिब प्राज्ञ बिश्वनाथ पौडेलले गरेका थिए । विश्वस्वर पराजुली, आत्माराम गौतम र नारायण गौतमले संस्थाले गरेका कामका बारेमा चर्चा गरेका थिए ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो