स्याङ्जाको आँधीखोला गाउँपालिकाद्वारा आयोजित पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रि – शहिद नमूना माविले जितेको छ ।
७ स्वर्ण, ४ रजत र ३ कास्य गरी १४ पदकसहित त्रि – शहिद नमूना माध्यमिक विद्यालयले ६० हजार रुपियाँ नगदसहित रनिङ शिल्ड, ट्रफी र प्रमाणपत्र हात पारेको हो । यो उपाधि जितेसङ्गै त्रि – शहिद नमूना मावि लगातार चौंथो पटक उपाधि विजेता बनेको हो ।
आँधीखोला गाउँपालिका -५ स्थित प्रधुम्न पनेरु माविको खेलमैदान, रङ्गेठाँटीमा भएको प्रतियोगितामा ४ स्वर्ण, १ रजत र ३ कास्य गरी ८ पदकसहित दोस्रो भएको प्रधुम्न पनेरु माविले ४० हजार रुपियाँ नगदसहित ट्रफी र प्रमाणपत्र पाएको हो ।
यसैगरी, ३ स्वर्ण, २ रजत र १ कास्य पदकसहित तेस्रो बनेको श्रवण माविले २० हजार रुपियाँ नगदसहित ट्रफी र प्रमाणपत्र र १ स्वर्ण, २ रजत गरी ३ पदकसहित सान्त्वना बनेको राष्ट्रिय माविले १० हजार रुपियाँ नगद प्राप्त गरेको आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले जानकारी दिए ।
प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फको भलिबल, कबड्डी, रिले दौड, विभिन्न दुरिमा दौड, हाइजम्प, लङ्गजम्प, सटफुट, छेलो हान्नेलगयतका खेल भएका थिए ।
यस्तै, वडा स्तरको शिक्षक भलिबल प्रतियोगितामा प्रथम वडा –१ ले २० हजार रुपियाँ, द्वितीय वडा –२ ले १५ हजार रुपियाँ र तृतीय वडा –३ ले १० हजार रुपियाँ प्राप्त गरेको थियो ।

यसैगरी, प्रतियोगिताको उद्घाटनमा मार्चपास अन्तर्गत उत्कृष्ट स्थान हासिल गरेको आँधीखोला अङ्ग्रेजी बोर्डिङ विद्यालयलाई पाँच हजार रुपियाँ नगदसहित सम्मान गरिएको थियो ।
पुस २२ गतेदेखि भएको प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले पुरस्कार वितरण गरेका थिए । तीन दिनसम्म चलेको कार्यक्रमको समापनमा अध्यक्ष पौडेलले खेलकुदले विश्वमै पहिचान बनाएको बताउँदै शिक्षासङ्गै खेललाई प्राथमिकतामा दिएर अगाडि बढाएर विद्यार्थीहरुलाई खेलकुदप्रति आकर्षित र प्रोत्साहन गर्न पालिका सधैं साथमा रहेको बताए ।
आयोजित राष्ट्रपति रनिङ शिल्डमा पालिकाभित्रका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरु गरि १२ विद्यालयका शिक्षकहरु, शिक्षिकाहरु, विद्यार्थीहरुलगायत अभिभावकहरुको सहभागी रहेको थियो ।
यसैबीच, कार्यक्रममा ६० मुरी धान उत्पादन गर्ने कृषक मीन बहादुर नेपालीलाई आठ हजार रुपियाँ नगद र नव उद्यमी पदम प्रसाद पनेरुलाई ३५ हजार रुपियाँ नगद प्रदान गरिएको थियो ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन