स्याङ्जाको बिरुवा गाउँपालिकाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकहरुलाई ब्लाङ्केट उपहार दिएको छ ।
चिसो मौसम सुरु भएसङ्गै बच्चादेखि वृद्ध अवस्थाका नागरिकको जीवनयापनमा केही कठिनाई हुने गर्दछ । यही चिसोबाट जोगिनका लागि ज्येष्ठ नागरिकको स्वास्थ्यको ख्याल गर्दै गाउँपालिकाले पालिका भरिका ८० वर्षदेखि ८५ वर्ष उमेरसम्मका ज्येष्ठ नागरिकलाई न्यानो माया स्वरुप ब्लाङ्केट उपहार दिने कार्यक्रम अगाडि बढाएको हो । यस वर्ष अघि ८५ वर्ष उमेर माथिका ज्येष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गरिएको गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुँवरले जानकारी दिए ।
गाउँपालिकाले पहिलो चरणमा केही ज्येष्ठ नागरिकलाई ब्लाङ्केट वितरण गरिसकिएको बताउँदै अबको केही दिनमा पालिका भरी रहेका ८० वर्षदेखि ८५ वर्ष उमेरसम्मका करिब ४०० जना ज्येष्ठ नागरिकलाई ब्लाङ्केट प्रदान गरिने अध्यक्ष कुँवरले बताए । अध्यक्ष कुँवरले भने, ‘आगामी दिनहरुमा पनि पालिकाद्वारा यी र यस्ता कार्यक्रमलाई निरन्तरता दिन्छौं ।’
स्थानीय सरकार रहेको अनुभूति दिलाउने लक्ष्यले ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलगायत विभिन्न किसिमका लक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको अध्यक्ष कुँवरको भनाइ थियो ।

स्थानीय नागरिकहरुको मनोभावना बुझेर गाउँपालिकाले ज्येष्ठ नागरिक, अशक्तलगायतका नागरिकलाई समाजिक सुरक्षा भत्ता सहज रुपमा दिलाउन वडाले सहजीकरण गर्दै आएको अध्यक्ष कुँवरले बताए ।
चिसो बढेसङ्गै विशेषगरी उमेर ढल्कँदै गरेका वृद्ध अवस्थाका नागरिकलाई केही मात्रामा बढी कठिनाई हुने गर्दछ । सोही अनुसार आफूहरुको स्वास्थ्यको ख्याल गरेर पालिकाले चिसोको समयमा न्यानो माया स्वरुप ब्लाङ्केट दिँदा जेष्ठ नागरिकहरुले खुसी व्यक्त गरेका छन् ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा