स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले महिलालक्षित मादल बजाउन सिकाउने तालिम प्रदान गरेको छ । तीन चरणमा प्रदान गरिने तालिम गत आइतबारदेखि गाउँपालिकाको सभाहलमा सुरु भएको हो ।
गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले लोक संस्कृतिको संरक्षणका लागि मादल बजाउने तालिम सञ्चालन गरेको जानकारी दिए । स्थानीय बाजा संरक्षणमा पालिका लागिपरेको बताउँदै अध्यक्ष तिवारीले यस्ता किसिमका तालिमले स्थानीय मौलिक बाजा संरक्षणमा भूमिका खेल्ने बताए ।
गाउँघरमा हुने विवाह, व्रतवन्धलगायत विभिन्न धार्मिक – सांस्कृतिक कार्यक्रममा स्थानीय मौलिक बाजा प्रयोग हुने हुँदा यस्ता तालिमले लोक संस्कृति संरक्षणमा टेवा पुग्ने अध्यक्ष तिवारीको भनाइ छ ।
पहिलो चरणको तालिम वडा –१ र ६ का आमा समूहलाई प्रदान गरिएको छ । दोस्रो चरणमा वडा –२ र ३ र तेस्रो चरणमा वडा –४ र ५ का आमा समूहलाई प्रदान गरिने सूचना प्रविधि शाखाकी कर्मचारी लोक कुमारी काफ्लेले जानकारी दिइन् ।
तालिममा अर्जुनचौपारी गाउँपालिकाभित्रका ६२ आमा समूह तथा महिलाले नेतृत्व गरेका संघसंस्थाका १३३ जनालाई तालिम दिइने बताइएको छ । तीन चरणमा प्रदान गरिने तालिम माघ १० गतेसम्म चल्नेछ । मादल बजाउने तालिममा प्रशिक्षण कलाकार तथा वाद्यवादक श्याम घर्ती जिटीले प्रदान गरेका छन् ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा