पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा आयोजित रक्तदानमा ३९ युनिट रगत संकलन भएको छ ।
विद्यालयको ७८ औं वार्षिकोत्सवको अवसरमा युवा रेडक्रस सर्कलले शुक्रबार बिहान आयोजना गरेको कार्यक्रमको गण्डकी प्रदेश सभाका पुर्व सदस्य कृष्ण थापाले पहिलो रक्तदाता मातृशिशु मितेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मराज थापालाई ब्लड व्याग हस्तान्तरण गरी सुुरुवात गरे । कार्यक्रममा पूर्व सांसद थापाले शैक्षिक उन्नयनमा सफलता हासिल गरेको विद्यालयले सामाजिक कार्यमा समेत उत्तिकै भुमिका खेलेको बताए । विद्यालयका सल्लाहकार समेत रहेका थापाले विद्यालयका पूर्व विद्यार्थी विभिन्न क्षेत्रमा कृयाशिल रहेको भन्दै, उनीहरुलाई विद्यालयको सर्वोपरि हितमा केन्द्रित हुन आग्रह गरे । विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले सबैको सम्वनयबाट नै विद्यालयले शैक्षिक सफलता हासिल गर्नुका साथै विभिन्न कार्यक्रम गर्न सकेको बताए ।
विद्यालय व्यवस्थापन समितिका सदस्य मेहरमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १६ का वडा सदस्य राजकुमारी बानियाँ, मञ्जु नेपाली, रेडक्रस सोसाईटी कास्कीका सदस्य सुवासबावु अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष भीमप्रसाद पौडेल, दिप युनाईटेड क्लवका अध्यक्ष विष्णु गुरुङ, विद्यालयका पुर्व अध्यक्ष चन्द्रा अधिकारी थापा, समाजसेवी दुर्गा केसी थापा लगायतले मानिसको सबैभन्दा ठुलो कर्म मानव सेवा हुने बताए । विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले स्वागत गर्नुभएको कार्यक्रमको संचालन संयोजक शिक्षक नायक विष्णु प्रसाद पौडेलले गरेका थिए । कार्यक्रममा विद्यालयका सुचना अधिकारी राम बहादुर बानियाँले ५४ औं पटक, धर्मराज थापाले ५१ औं पटक, नविन अधिकारीले ३१ औं पटक, धर्मदत्त अधिकारीले २७ औं पटक, शंकर थापाले २६ औं पटक रक्तदान गरेका थिए । शुक्रबारै विज्ञान तथा प्रविधी प्रर्दशनी पनि सुरु भएको छ । शनिबारसम्म चल्ने प्रर्दशनीको विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले शुभारम्भ गरे ।
शनिबार वार्षिकोत्सव तथा अभिभावक दिवसको मुल कार्यक्रम हुने र सो कार्यक्रममा विभिन्न अक्षयकोषको पुरस्कार वितरण, अक्षयकोषदाता, उत्कृष्ट शिक्षक, कर्मचारी सम्मान सहित साँस्कृतिक कार्यक्रम गरिने विद्यालयका सुचना अधिकारी राम बहादुर बानियाँले जानकारी दिए । वार्षिकोत्सवको आन्तरिक वाहेकका सम्पूर्ण तयारी पुरा भएको बताइएको छ । करिव १ हजार ५ सय विद्यार्थी अध्ययनरत सो विद्यालय, सामुदायिक विद्यालय तर्फ नेपालकै उत्कृष्ट विद्यालयको रुपमा नेपाल सरकारबाट सम्मानित भई सकेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह