रोटरी क्लव अफ पोखरा न्यूरोड, रोटरी क्लव अफ नक्साल शक्ति र रोटरी क्लव अफ पोखरा क्यापिटलको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा भिआईए परीक्षण गरिएको छ ।
पोखरा ७, घारीपाटन वरपरका महिलाहरुले निशुल्क पाठेघरको मुखको भिआईए परिक्षण गराई स्वास्थ्य लाभ लिएका छन् ।
रोटरी क्लव अफ पोखरा न्यूरोडका अध्यक्ष दीपेन्द्र शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि वडा नं. ७ का अध्यक्ष राममोहन आचार्य थिए ।
कार्यक्रममा रोटरी क्लव अफ पोखरा क्यापिटलका अध्यक्ष सन्तोष शाहीले स्वागत मन्तव्य, पोखरा ७, शहरी स्वास्थ्य केन्द्रकी सिअनमी अनिता शर्माले भिआईए सम्बन्धमा र रोटरी क्लव अफ पोखरा न्यूरोडका संस्थापक अध्यक्ष रवि प्रसाद बरालले रोटरीको बारेमा र क्यान्सर रोगको बारेमा मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन पोखरा क्यापिटलका सचिव विजय बरालले गरेका थिए ।

रोटरीले गर्ने कार्यक्षेत्रहरु मध्ये मातृ तथा बाल स्वास्थ्य अन्तर्गत पोखरा र यस वरपरका क्षेत्रका करिव १५ सय महिलाहरुको भिआईए परिक्षण गर्ने योजना रहेको रोटरी क्लव अफ पोखरा क्यापिटलका अध्यक्ष सन्तोष शाहीले जानकारी दिए ।
‘रोटरी क्लव एक विशुद्ध सेवामूलक अन्तराष्टिय सामाजिक संस्था हो । जसले सामाजिक र मानविय उत्थानको लागि आफ्नो स्वार्थ माथि उठेर विविध सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ ।’ उनले भने ।
विश्वकै सबैभन्दा पुरानो र विश्वसनिय सेवामुलक संस्था रोटरी अमेरिकामा सन् १९०५ मा स्थापना भई संसार भरी यसको संजाल फैलिएको छ । हाल पोखरामा रोटरीका १० ओटा क्लव रहेका छन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो