पोखरा । प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको छैठौं अधिवेशनले दीननाथ बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकोे छ । बरालको नेतृत्वमा आगामी ३ बर्षको लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
उपाध्यक्ष (खुल्ला) मा पुष्पराज दाहाल, उपाध्यक्ष (महिला) शोभा बराल, सचिवमा लिलाचन्द्र अधिकारी (सरोज), सहसचिवमा अर्जुन हिताङ र प्रतिभा अधिकारी, कोषाध्यक्षमा खगेन्द्र प्रसाद अर्याल चयन भए ।
अन्य सदस्यहरुमा कोपिला सुनार, अल्चना श्रेष्ठ, बलराम तिमिल्सिना, श्रीकान्त अधिकारी, सागर गिरी, राजेन्द्र नेपाली, रमेश पोख्रेल, कविता घर्तीमगर र प्रकाश बराल चयन भएका हुन् । उक्त कार्यसमितिमा २ जना सदस्य पुनः थप गर्न सकिने निवर्तमान अध्यक्ष कृष्ण दवाडीले बताए ।
त्यसैगरी केन्द्रिय परिषद सदस्यमा कृष्ण दवाडी, सिद्धान्त शाही (रणबहादुर),पदम रेग्मी, नारायण शाही ठकुरी, सन्तोष नेपाली र श्यामसुन्दर पराजुली(राज) चयन भएका छन् ।
त्यस्तै प्रदेश परिषद सदस्यमा श्रीभद्र पौडेल, शुरेसराज अधिकारी, हेमराज अधिकारी, फडिन्द्र अधिकारी, राम्जी प्रसाद आचार्य, मिनाकुमारी थापा, सन्देस श्रेष्ठ, रबिनाथ दाहाल, लक्ष्मी सुनार, राजकुमार घिमिरे, चिरन्जिवी पौडेल (उत्तम),सविना राना, लिलानाथ आचार्य, कृष्ण र थापा पोखरेल (शान्ति) चयन भएको निर्वाचन कमिटि संयोजक विश्वप्रकाश लामिछानेले बताए ।
सम्बन्धित खबर
तनहुँको एक सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ
पूर्वराजा ज्ञानेन्द्र पोखरा आउने
कविता गाउँ लुम्लेको स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाइँदै
प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल सर्वसम्मत
काँक्रोको बीउ बिक्री गरेर पर्वतमा छ करोड आम्दानी
घान्द्रुक पर्यटन महोत्सव आगामी फागुन ७ देखि हुने
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा