पोखरा । ५३ वर्ष अघि २०२८ सालमा तत्कालीन राजा श्री ५ वीरेन्द्रको शुभ राज्यभिषेकका अवसरमा पोखराको अमरसिंह चोक र औद्योगिक क्षेत्रको बीचमा निर्माण गरिएको ऐतिहासिक ‘पोखरा गेट’ भत्काइएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडकखण्ड विस्तारका क्रममा गेट हटाएको हो । गत पुस ३ गते दिउँसो र राति गेट भत्काउन लागेपछि राप्रपा र केही स्थानीयले समेत त्यसको विरोध गरी एक्साभेटर फर्काएको थियो ।
पोखराका मेयर धनराज आचार्य बाहिर भएका कारण सहमति जुट्न नसक्दा तत्कालका लागि उक्त गेट भत्काउन रोकिएको थियो । मेयर आचार्य फर्किसकेपछि सहमतिका लागि सर्वदलिय बैठक बसेको बताइन्छ ।
विकास निर्माणका कार्यमा अवरोध नगर्ने साझा समझदारीका साथ सुरक्षा निकाय, महानगर प्रहरी र निर्माण कम्पनीको सहकार्यमा यो कार्य सम्पन्न भएको महानगरको दाबी छ ।
तर, राप्रपाले भने सर्वदलीय बैठकमा कुनै निर्णय नभएको बताएको छ । पुस २८ गते राति गेट भत्काइएपछि राप्रपाका केन्द्रीय सदस्य अरुण गिरीले सर्वदलीय बैठकमा दलहरुले आफ्नो एजेण्डा प्रस्तुत गरेको र सहमति लेखौं भन्दा पनि नलेखेको खुलाएका छन् ।
उनले भने – ‘मेयरले सर्वदलीय बैठक डाके । सबै दलहरुले एजेण्डामा आफ्ना धारणा राखेका हुन् । तर केही निर्णय भएन । सहमतिमा केही निर्णय त लेखौं भनियो । तर, निर्णय केहि लेखिएन । पछि बसौंला, छलफल गरौंला भनेर बैठक सकिएको हो । मध्यराति इतिहास मेटाए ।’
पुनर्निर्माणको सहमति गरौं, जनस्तरबाटै मापदण्ड अनुरुपको पुनर्निर्माण गर्छौँ भन्दा पनि नमान्ने मेयरको नियत खराब रहेको उनको भनाई छ ।राप्रपालगायत स्थानीय एकता क्लबले मुलुकको ऐतिहासिक सम्पदा जोगाउनुपर्ने भन्दै आएका थिए ।
केन्द्रीय सदस्य गिरीले पोखरा गेट पोखराको मुख्य भाग प्रवेश गर्ने क्रममा मुख्य गेट पनि भएकाले पुरानै शैलीमा ऐतिहासिक कला समेटेर मापदण्ड अनुरुप पुनर्निर्माण हुनुपर्ने र नगरेमा जस्तोसुकै आन्दोलन गर्न पछि नहट्ने प्रतिक्रिया दिएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि स्वागत गेट रहेकोले पनि महत्वपूर्ण रहेको उनी बताउँछन् ।
राजा वीरेन्द्रको शुभराज्यभिषेक अवसरमा पृथ्वी राजमार्ग अन्तर्गत पोखरामा स्वागतार्थ निकै कलात्मक ढंगले पक्की गेट निर्माण गरिएको थियो । गेटको माथिल्लो भाग सबैभन्दा महत्वपूर्ण रहेको छ । जसमा बुद्ध र शिवको मूर्तिबीचमा श्रीपेच जडित छ ।
सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा